राष्ट्रिय

प्याउली–चम्पे–हिलेभञ्जयाङ सडक स्तरउन्तीका लागि बोलपत्र आव्हान


भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका स्थित प्याउली–चम्पे–हिलेभञ्जयाङ सडक स्तरउन्नति हुने भएको छ । अरुण गाउँपालिकाको कार्यालयले सडक स्तरउन्तीका लागि अनुमानित लागत रु ७३ लाख ४६ हजार ५ सय ९९ रुपैयाँ बराबरको विद्युतीय बोलपत्र आव्हानको सूचना जारी गरेसँगै स्थानीयमा बाह्रमासै सडक सञ्चालन हुने आशा पलाइको स्थानीयले बताएका छन् । ट्रयाक निमार्ण भई सञ्चालनमा रहेको उक्त कृषि सडक सामान्य पानी पर्ने वित्तिकै हिलो हुँदा यातायात आवतजावतमा समस्या हुँदै आएको छ भने सडक बाह्रै महिना सञ्चालन नहुदा स्थानीय कृषि उपजहरू बजारीकरण गर्न समेत समस्या हुदै आएको छ । 
स्थानीय सडक स्तरउन्नति हुने भएपछि खुसी हुँदै भपेन्द्र रानाले बाह्रमासै सडक सञ्चालन हुने गरी सडक ड्रेन, नाली, पहिरो जाने ठाउँमा ग्याबीन जाली, कजवो लगायत समस्या हुने ठाउँमा पहिलो प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभयो । 
प्याउली देखी चम्पे हुँदै हिलेभञ्जयाङ जोडने सडक स्तर उन्नति हुँदै गर्दा समग्र चम्पे बासीलाई फाइदा हुने वडा अध्यक्ष इन्द्र पुलामीले बताउनुभयो ।  उहाँले भन्नुभयो,“सडक स्तर उन्नति हुने भएपछि ऐतिहासिक चम्पे बजारको आर्थिक तथा पूर्वाधार विकाससँगै पर्यटकीय क्षेत्रको समेत प्रगति हुनेछ । सडक निमार्णका क्रममा वडाले आवश्यक सहयोग गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।”
त्यस्तै आयोजना सञ्चालनका क्रममा निरन्तर अनुगमन तथा मुल्याकन गरी गुणस्तरीय कार्य गर्नका लागि आवश्यक सहयोग गर्ने अरुण गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालले बताउनुभयो । 
मध्यपहाडि राजमार्ग अन्तरगत यो खण्डमा सडक स्तरउन्नती भएपछि प्याउली–हिलेभञ्जयाङ छोटो दुरीसँगै चम्पेबाट प्याउली हुदैँ तराई जोडने, कुडुलेघाटहुदैँ संखुवासभा र घनकुटाहुदैँ तराई जोडने साथै हिलेभञ्जयांगबाट भोजपुरहुदैँ काठमाण्डौँ जोडने यस सडकले स्थानीय खाद्य तथा नगदे बालीहरू रुद्राक्ष, अलैची, सुन्तला लगायत कृषि उत्पादनलाई बजारीकरण गर्न टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो । साथै उहाँले सडक स्तरउन्नति भएपछि याङपाङ, चम्पे, माचुङ, सिस्नेतरी, प्याउली, हिलेभञ्जयांग, श्यामशिला लगायत क्षेत्रका स्थानीयहरु  लाभान्वित हुने समेत अध्यक्ष खत्रीले उल्लेख गर्नुभयो । 
ग्रामीण क्षेत्रको विकासका लागि सडक पूर्वाधार पहिलो प्राथमीकतामा पर्दछ । यसका लागि अरुण गाउँपाकिलाले स्थानीय तथा कृषि सडक निमार्ण र स्तरउन्नतीलाई जोड दिई गर्दै आएका कार्यहरू प्रशंसनीय छन् ।   
 

प्रतिकृया दिनुहोस