राष्ट्रिय

आठौँ मुन्दुम ट्रेल रेसमा प्रताप र पुष्पा विजयी


भोजपुर । भोजपुरको चर्चित पर्यटकीय क्षेत्र मुन्दुम पदमार्गलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको आठौँ मुन्दुम ट्रेल रेसको उपाधि पाँचथरका प्रताप थाम्सुवाङ र पुष्पा शर्माले जित्नुभएको छ । कुल १८ किलोमिटरको रेस प्रताप थाम्सुवाङले १ घण्टा ५९ मिनेट १९ सेकेन्डमा पुरा गर्नुभयो भने र महिला तर्फ पुष्पा शर्माले २ घण्टा ३३ मिनेट १४ सेकेन्डमा पुरा गर्नुभयो । 
त्यस्तै पुरुष तर्फ द्धितिय आइन्द्र बहादुर लिम्बु, तृतीय दिपक राई सान्त्वना राजेन्द्र तामाङ र क्रमशः सविन राई,धराज कुलुङ, हर्कवीर राई विजयी भएका छन् । भने महिला तर्फ द्धितिय रुष्मा राई, तृतीय दिर्पा बस्नेत, सान्त्वना दिलकला कुलुङ र क्रमशः जुलीन राई, लक्ष्मी राई, मिना तामाङ विजयी भएको आयोजक रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो । 
त्यस्तै ४० वर्ष माथि (भेट्रान) अन्तरगत पुरुष तर्फ सोलुखुम्बुका जंगवीर कुलुङले  र  महिला तर्फ जमुना राई विजयी हुनुभएको छ । भेट्रान पुरुष अन्तरगत द्धितिय किरण कुलुङ, तृतीय विजय कुमार राई हुनुभएको छ । भने भेट्रान महिला तर्फ द्धितिय विनिता राई हुनुभएको छ । 
प्रतियोगितामा विजयी खेलाडिहरु मध्ये खुल्ला पुरुष र महिला तर्फ प्रथम हुनेले रु २५ हजार, द्वितीयले रु १५ हजार र तृतीयले रु १० हजार, सान्तवनाले रु २ हजार, पाँचौँलाई रु १ हजार ५ सय, छैँटौँलाई रु १ हजार र सातौँ हुनेलाई रु ५०० प्रदान गरिएको छ । 
त्यस्तै भेट्रान पुरुष र महिलातर्फ प्रथम हुनेलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीयलाई रु ५ हजार प्रदान गरीएको छ । 
जिल्लाको दक्षिणी क्षेत्र चखेवा भञ्जयाङ–बेसक्याम्प–टेम्के–तावाभञ्ज्याङ हुँदै पाँचधारेसम्म कुल १८ किलोमिटर दुरीको रेसमा विभिन्न जिल्लाका महिला र पुरुष गरी कुल ७५ जना खेलाडिको सहभागिता रहेको थियो । 
विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले रेस प्रतियोगिताले मुन्दुम पदमार्गको पर्यटन प्रवद्र्धनसँगै साहसिक खेल पर्यटनलाई विकास गरेको बताउनुभयो । त्यस्तै उहाँले मुन्दुम पदमार्ग मार्फत चर्चित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रको प्रचारप्रसारसँगै पालिकाको आर्थिक विकासमा समेत टेवा पुगेको उल्लेख गर्नुभयो । 

प्रतिकृया दिनुहोस