राजनीति
रास्वपा सभापति भोजपुरमा ख्याम भुजेल निर्वाचित
भोजपुर, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्य समिति भोजपुरको सभापतिमा ख्याम बहादुर भुजेल निर्वाचित हुनुभएको छ । प्रथम जिल्ला अधिवेशनबाट प्रतिद्धन्द्धि ईश्वर कुमार कार्कीलाई हराउँदै ख्याम बहादुर भुजेल सभापतिमा भारी मतले निर्वाचित हुनुभएको हो । निर्वाचनमा ख्याम बहादुर भुजेलले ७३ मत र ईश्वर कुमार कार्कीले २८ मत प्राप्त गर्नुभएको थियो ।
उप–सभापति समिता आर्चाय,सचिव देवराज पाण्डे क्षेत्री, सह–सचिव अनिल बस्नेत,कोषाध्यक्ष चन्द्र कुमार श्रेष्ठ निर्वाचित हुनभयो ।
त्यस्तै सदस्यहरूमा सितादेवी ढुगंना र मनोज अधिकारी र निर्वाचन क्षेत्र ‘क’ उप–संयोजक राजन प्रसाद ढकाल निर्वाचन क्षेत्र ‘ख’ उप–संयोजक उपेन्द्र कटुवाल निर्वाचित भएको नव निर्वाचित अध्यक्ष ख्याम बहादुर भुजेलले जानकारी दिनुभयो । नव निर्वाचित पदाधिकारीलाई भोजपुर प्रथम अधिवेशन निर्वाचन समिति प्रमुख निरज कटवालले शपथ ग्रहण गराउनुभयो ।
अधिवेशनबाट निर्वाचित सभापति भुजेलले अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई धन्यवाद दिदै नवगठित कार्यसमितिले पार्टीको सङ्गठन विस्तार, सुशासन, पारदर्शिता तथा जनउत्तरदायी राजनीतिक अभ्यासलाई जिल्लास्तरमा थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।
