शिक्षा

सर्वाेउत्कृष्ट विद्यार्थीहरु वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्तिद्धारा पुरस्कृत


भोजपुर । पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले आफूले अध्ययन गरेको विद्यालयहरूमा आफ्नो आमाबुबाको नाममा स्थापित वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति कोष अन्तरगत तिन  विद्यालयका उत्कृष्ट १० विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ । भोजपुर नगरपालिका–८ स्थित सरस्वती आधारभूत विद्यालय, भोजपुर नगरपालिका–७ स्थित भोजपुर बहुमुखी क्याम्पस र विद्योदय माध्यमिक विद्यालयका उत्कृष्ट १० जना बिद्यार्थीहरुलाई नगद रु १५⁄१५ हजार सहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । 
भोजपुर बहुमुखी क्याम्पसबाट उत्कृष्ट रविना बुढाथोकी, युना म्हेन्दो तामाङ, खुस्बु बयलकोटी र स्नेह राई, विद्योदय माध्यमीक विद्यालयका कक्षा ८ मा उत्कृष्ट अङ्क ल्याउने दिपेश विष्ट, साम्युमा खिम्दुङ र कक्षा ११ मा विज्ञान विषय अध्ययनरत कुञ्जना तामाङ र कविस उरावलाई  छात्रवृत्ति प्रदान गरिएको छ ।
त्यस्तै सरस्वती आधारभूत विद्यालयमा कक्षा ५ मा प्रथम हुने छात्रा रेविका राई र द्वितीय हुने छात्र मीन ध्वज प्रधानलाई पनि छात्रवृत्ति प्रदान गरिएको छ । 
बर्सेनि नियमित छात्रवृत्ति प्रदान गर्दै आएको यस अक्षयकोषले यसलाई नियमितता दिनका लागि सरस्वती आधारभूत विद्यालयका लागि रु ३ लाख र भोजपुर बहुमुखी क्याम्पस र विद्योदय माध्ममीक विद्यालयका लागि रु १० लाख बरावरको अक्षयकोष स्थापना गरेको संस्थापक एवं संरक्षक एस्पी कोइरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आफूले अध्ययन गरेको विद्यालयमा जन्मभूमि र शैक्षिक संस्थाप्रतिको माया,अपनत्वलाई जीवन्त राख्न छात्रवृत्ति कोषको स्थापना गरेको हो ।  यस कोषबाट प्राप्त ब्याजदरले उत्कृष्ट विद्यार्थीहरूलाई पठनपाठनमा थप प्रोत्साहन गर्ने विश्वास लिएको छु ।”
एस्पी कोइरालाले जिल्लाका सामुदायीक विद्यालयहरुमा आधुनीक तथा प्रविधिमैत्री शिक्षाका लागि इश्वर मन्दिर मार्फत बार्षीक २० भन्दा बढि कम्पयुटर लगायत डिजिटल बोर्डहरु समेत निःशुल्क वितरण गर्दै आउनुभएको छ । 
 

प्रतिकृया दिनुहोस