राष्ट्रिय
मैत्रीपूर्ण फुटबलमा जनप्रतिनिधिको शानदार जित
भोजपुर, असोज २६ गते । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा सोमबार भएको जनप्रतिनिधि भर्सेस कर्मचारीबिचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टिमले शानदार जित हासील गरेको छ । जनप्रतिनिधिको टिमले कर्मचारीको टिमलाई ४–१ गोल अन्तरले पछि पार्दै जनप्रतिनिधिको टोली विजयी भएको हो । प्रतियोगिताको पहिलो हाफमा जनप्रतिनिधि र कर्मचारीको टिमले एक/एक गोल गरेको थियो । त्यसपछि दोस्रो हाफमा जनप्रतिनिधिको टिमले ३ गोल थपेको थियो । प्रतियोगिताको निर्धारीत समयमा जनप्रतिनिधिको तर्फबाट विष्णु भुजेलले ह्याट्रिक (३ गोल) र वडाध्यक्ष अशोक राईले एक गोल गर्नुभयो भने निजामती कर्मचारीको तर्फबाट राकेश राईले एक गोल गरेको कर्मचारी मिलन केन्द्र भोजपुरका सचिव प्रकाश खड्काले जानकारी दिनुभयो । प्रतियोगिताको म्यान अफ द म्याच विष्णु भुजेल हुनुभयो ।
जनप्रतिनिधिको तर्फबाट भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले नेतृत्व गर्नुभएको थियो भने कर्मचारी टिमको नेतृत्व प्रमुख जिल्ला अधिकारीले गर्नुभएको थियो ।



