राष्ट्रिय
बोयामा शैक्षिक तथा सामाजिक सम्मान सम्पन्न (फोटो फिचर...)
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१४ बोयामा स्वर्गीय देवधरा खतिवडाको स्मृतिमा बिहीबार शैक्षिक तथा सामाजिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा, संस्कृति र समाज रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले आयोजित सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, विद्यालय र संघ–संस्थालाई सम्मान तथा शैक्षिक एवं खेलकुद सामग्री वितरण गरिएको छ । कार्यक्रममा बिहीबारे आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशबहादुर श्रेष्ठलाई नगद र प्रमाणपत्रसहित ‘आनन्दमनोहर–देवधरा खतिवडा स्मृति शैक्षिक सम्मान’ बाट सम्मानित गरिएको छ ।
साथै, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल भाषा मंका खल, नेपाल मगर संघ, किरात राई यायोख्खा र शिवालय मन्दिर नाङ्खिलालाई पनि नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
यसका अतिरिक्त, समाज रूपान्तरणमा विशेष योगदान पुर्याएको भन्दै षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदास र वडा नं. १४ का अध्यक्ष झंकबहादुर रोकालाई गरिमामय सम्मान अर्पण गरिएको छ ।
सो अवसरमा शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले सिंहदेवी आधारभूत विद्यालयका कक्षा ६ का कुशल चौहान, बिहीबारे आधारभूत विद्यालयका कक्षा ५ का दिप्सन तामाङ र महेन्द्रोदय माविका कक्षा १० का सागर राईलाई सम्मान गरिएको छ । यसैगरी, विद्यार्थीहरूको खेलकुद विकासका लागि बोयास्थित महेन्द्रोदय मावि, बिहीबारे आधारभूत विद्यालय र सिंहदेवी आधारभूत विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।.jpeg)
कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्रकुमार उदासले पूर्व विद्यार्थीहरूले आफूले पढेको विद्यालय र आफ्नो स्थानीय संघ–संस्थाको विकास एवं समृद्धिका लागि कार्य गर्नु निकै प्रशंसनीय र अनुकरणीय रहेको बताउनुभयो । 
रामहरि खतिवडाको अध्यक्षता र कमलहरि खतिवडाको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा महेन्द्रोदय माविका प्रधानाध्यापक टेकबहादुर चौहान, विव्यसका अध्यक्ष मानबहादुर तामाङ, सिंहदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबहादुर चौहान, बिहीबारे आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशबहादुर श्रेष्ठ, षडानन्द–१३ का वडाध्यक्ष पदमबहादुर तामाङ, पूर्व अध्यक्ष इन्द्रकुमार श्रेष्ठ, वातावरण पत्रकार दीलिप काफ्ले लगायतको उपस्थिति थियो । मातापिताप्रतिको सम्मान र श्रद्धास्वरूप आयोजित यस कार्यक्रमले स्थानीय स्तरमा शिक्षा र समाज सेवाको क्षेत्रमा थप ऊर्जा प्रदान गरेको षडानन्द–१४ का वडाध्यक्ष रोकाले बताउनुभयो ।.jpg)
