अन्तरवार्ता
पसिनाको कमाई समाजसेवा खर्चिन्दै आउनु भएका समाजसेवी शिब ईमेहाङ सँगेको कुराकानी ।
तेह्रथुम जिल्लाको छथर गाउँपालिका ४ फाक्चामारा हाक्पारामा जन्म भई हाल हङकङमा कर्मथलो बनाउँदै आउनु भएका शिव ईमेहाङ बिगत लामो समयदेखी समाजसेवामा क्रीयासिल हुँदै आउनु भएको छ । आफ्नो पसिनाको कमाई कहिले खडेरी पीडित त कहिले आर्थीक रुपमा विपन्नका कारण समस्या पर्दै आएका नागरिहरुलाई । त्यसो आर्थीक कम्जोरी कै कारण शिक्षा लिन बञ्चित भएका बिद्यार्थीहरुलाई राहात होस भन्ने उदेश्यले बिभीन्न बिद्यालयहरुमा अक्षयकोष स्थापना गरी सक्नु भएको छ । दैबिक प्रकोपका कारण गाँस बाँस र कपासको समस्या भएका धेरै नागरिकहरुलाई सहयोग गर्दै आउनु भएको छ । समस्यामा परेका नागरिकहरुको समाचार देख्न साथ तत्काल सहयोग गर्न उहाँको मन आतुर बन्ने गरेको छ । प्रवासमा रहेर पनी गाउँको पीडाहरुमा मलम बन्दै आउनु भएको छ । तिनै मनका महान धनी ईमेहाङ सँगै हाम्रो अनलाईन पत्रिकमा गरिएको भलाकुसारी राखेका छौ ।
१ स्वागत छ तपाईलाई हाम्रो अनलाईन पत्रिकामा ।
– धन्यबाद ।
२ हाल तपाई के गर्दै हुनुहुन्छ ?
– बिदेशमा जागिर गर्दैछु ।
३ तपाई कसरी समाज सेवामा प्रबेश गर्नु भयो ?
– नहुनुको पिडाहरू जिबनमा धेरै देखेको छु र भोगेको पनी छु त्यसैबाट प्रेरित भएको हो ।
४ तपाईले कस्तो ब्याक्तीहरु माथी समाजसेवा गर्नु भएको छ ?
– आर्थीक अभावका कारण समस्या परेका नागरिकहरुलाई । प्राकृतिक प्रकोपका घरबार बिहिन भएकाहरु, साहारा विहिन कष्टकर जीवन बिताए रहेका नागरिक यी र यस्तै नागरिकहरुलाई सेवा गर्दै आएको छ ।
५ तपाईको बिचारमा समाजसेवा भनेको के हो जस्तो लाग्छ ?
– मलाइ लाग्छ धर्म कर्म नाममा मन्दिरमा गएर भेटी चडाउनु भन्दा,दिन दुखी हरूलाइ दिनु नै राम्रो लाग्छ । मन्दिरका पुजारी ,गुरू हरूकोमा गएर भेटी चडाउछन त्यो मलाई बेकार लाग्छ । मात्रै पुजारी या गुरू लाइ धनी बनाउने प्रकिया मात्र हो ।
६ तपाईले अहिले सम्म कहाँ कहाँ सहयोग गर्नु भएको छ ?
– मलाई लाग्छ खासै गरेको छैन आफ्नै गाउँघरतिर मात्र हो । मैले सुरुवात गरेको जस्तो मात्रै लाग्छ । मेरो कमाईबाट नै सहयोग गर्दै आएको छु । साथमा साथीहरु सँग मिलेर पनी गर्दै आएको छु ।
७ तपाईले समाजसेवामा महत्वपुर्ण काम के गरे जस्तो लाग्छ ?
– समय सालले ठगेको समयमा राहत बाँडेको लाइनै मान्छु ,किनकी त्यो लगाएको बाली कहिले पाकेर खाउँला भनेर निर्भर परेका हुन्छन तर, प्राकृतिक प्रकोप खडेरीका कारण अन्नबाली सखाप हुँदा हातमुख जोड्नै समस्या हुन्छ । गतबर्ष यस्ता ५५ परिवारलाई खाद्यन्य र सिरक प्रदान गरेको थिए । यसबर्ष पनी आर्थीक कम्जोर भएका ५५ परिवारलाई खाद्यन्य र सिरक सहयोग गरेकोछु । खासमा भन्नु पर्दा प्राकृतिक प्रकोप र आर्थीक कम्जोर कै कारण समस्यामा परेका नागरिकहरुलाई सेवा गर्नु नै ठुलो कुरा हो जस्तो लाग्छ ।
८ आगामी दिनमा समाजसेवालाई कसरी अगाडी बढाउने सोच बनाउनु भएको छ ?
– समाजमा धेरै समस्याहरु सँग नागरिकहरु बाँचि रहेका छन । बिभीन्न समस्याहरु सँग बाँचि रहेका नागरिकहरुलाई सेवा गर्दैै आगामी दिनहरुमा निरन्तर रुपमा सेवा गर्ने मन छ । खाद्यन्य नै कारण जिवन जीउन समस्या नहोससबैको जिउने बाच्ने बराबर होस कसैलाइ अभाव नहोस अभावमा थोरै भएपनी मलम दिन सकँु र समाजका लागी केही गरुँ लाग्छ ।
९ समाजसेवामा कस्ता कस्ता समस्या र चुनौतीहरु सामना गर्नु भएको छ ?
– खासै छैन अहिलेको परिवेसमा धर्म, जात ,पार्टी ले हाम्रो समाज निकै सेन्सेटिभ भा छ तर म नेगेटिभ सोच राख्दिन खासै असर गर्दैन मलाइ ।
१० चर्चामा आउन मात्र समाजसेवा गर्नु भएको होकी खास उदेश्य के हो ?
– होइन तेस्तो ,मानब हो दुइ दिनको जिन्दगीमा जती नै कमाए पनी भोली मरेर जाने हो । बाँचुनजेल अभावमा पिल्सीएका नागरिहरुलाई सेवा गर्ने पीडाहरुमा मलम बन्ने मात्रै उदेश्य हो । मरेर लानु केही छैन र नहुनुको पिडा त साच्चिकै दर्दानक हुन्छ त्योत भोग्ने लाइ मात्र थाहा हुन्छ त्यो देखेका ेछु त्यसैले
अभाव सँगै जीई रहेका नागरिकहरुलाई सहयोग गर्दै आएको छु ।
११ अन्त्यमा केही भन्नु छ की ?
– तपाइको अनलाइन पत्रिकामा मेरो दुइ शब्द राख्ने मौका दिनुभएकोमा धन्यवाद । साथै हाम्रो देशमा शान्तिको दिगो होस ,धनजन को सुरक्षा होस । देशमा भ्रष्टहरूले बिकास नगरे पनी म जस्तो बिदेशिनु नपरोस आउने पिडिहरूलाई गाउँमै रोजगारको सिर्जनाहोस् ।
प्रस्तुती प्रकाश पाक्साँवा
