Slider

बल्तकार आरोपीत अखिलका केन्द्रिय सदस्य राई बर्खास्त


काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सदस्य इन्द्रहाङ राई बलात्कारको आरोपमा पक्राउ परेपछि बर्खास्तीमा परेका छन्। 
रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का स्ववियू सहसचिव उनलाई आरआर क्याम्पसका स्ववियू अध्यक्ष तपेन्द्र बहादुर शाहीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राईलाई हिजैको मितिदेखि कारबाही गरी स्ववियुका कुनै पनि गतिविधिमा संलग्न नगराइने निर्णय गरिएको जानकारी गराएका छन् । 
संगठनको फलामे अनुसानको प्रवाह नगरी यस किसिमको क्रियाकलापमा संलग्न हुने जो कोही भएपनि हदैसम्मको कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

राईलाई एक १८ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। राईलाई महागरीय वृत्त बौद्धमा राखेर अनुसन्धान भइरहेको बोगटीले बताए।

पीडित किशोरीलाई सोमबार राति काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ माकलबारीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ। दोबाटो
 

प्रतिकृया दिनुहोस