भिडियो ग्यालरी
प्राविधिक शिक्षाको भुमीका केके ? डा बाबुराम भट्टराई (भिडियो)
गोकुल भुजेल, भोजपुर । नेपाल सरकारका पुर्व प्रधानमन्त्रि एंव नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मध्यपहाडि लोकमार्ग अवलोकन यात्राको क्रममा भोजपुर जिल्लामा अवस्थित सुम्नीमा पोलीटेक्नीकल इन्टिच्युट भोजपुरमा आयोजित विद्यार्थीहरु सगँ अन्तरक्रिया कार्यक्रमम वर्तमान परीस्थीतीमा प्राविधिक शिक्षाको भुमीका महत्वपुर्ण रहेको बताएका छन् ।
देशमा राजनैतीक, आर्थीक लगायत अन्य विभिन्न त्रृटिका कारण पहिले प्राविधिक शिक्षा दिन नसकेकोले अहिले धेरै युबाहरु बेैदेशिक रोजगारीमा जाने गरेको बताउदै वर्तमान अवस्थामा प्राविधिक शिक्षालाई अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । विकशीत देशहरुको अवस्था परीवर्तन गर्ने मुख्य आधार शिक्षा भएको र त्यसमा पनी प्राविधिक शिक्षाको भुमीका महत्वपुर्ण रहेकाले नेपालमा पनी निर्वाहमुखी रोजगारी भन्दा पनी आर्थीक सक्षम हुन टेवा पुयाउने प्राविधिक शिक्षा लिएर व्यावसायीक रुपमा लाग्न भट्टराईले सवै विद्यार्थीहरुलाई आग्रह समेत गरेका छन्् ।
