बिज्ञान/प्रबिधि

सिद्धकाली मन्दिरमा फ्री  वाई फाई जडान

भोजपुर । भोजपुर जिल्लाको प्रसिद्ध धार्मिक स्थल सिद्धकाली मन्दिरमा बुधवारबाट फ्री वाई फाई जडान गरिएको छ ।  भोजपुर नगरपालिका–११आम्तेकका वडाध्यक्ष तथा नेपाली काँग्रेसका पालिका सभापति अशोक राईले मन्दिरमा वर्ड लिङ्कको फ्री वाई फाइ जडान गर्नुभएको हो ।

मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई इन्टरनेटको सहज उपलब्धता सँगै सामाजिक सञ्जालको प्रयोग गर्न सहज होस भन्ने उद्देश्यले इन्टरनेट जडान गरेको अध्यक्ष राईले बताउनुभयो ।  उहाँले भन्नुभयो,“वर्तमान समयमा अधिकांशले इन्टरनेट प्रयोग गर्नुहुन्छ, मन्दिरमा आउँदा आफुसगैँ परिवारलाई इन्टरनेटको प्रयोग गरी मन्दिरको दर्शन गराउन, फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालको प्रयोग गर्न साथैँ मन्दिरको प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास लिएको छु ।” 

इन्टरनेट जडानभएसगैँ मन्दिरमा दर्शन गर्न आउने भक्तजनले फ्री इन्टरनेटको प्रयोग सँगै देश विदेशमा मन्दिरको व्यापक प्रचारप्रसार हुने मन्दिरका पुजारी सागर ढकालले बताउनुभयो । 

प्रतिकृया दिनुहोस