अर्थ/वाणिज्य

मुन्धुम यातायात प्रालीको अध्यक्षमा गोपाल मोक्तान सर्वसम्मत


भोजपुर । मुन्धुम यातायात ट्राभल एण्ड टुर प्रा.ली.भोजपुरको प्रथम अध्यक्षमा गोपाल मोक्तान सर्वसम्मत चयन हुनुभएको छ । आज प्रा.ली.का निर्देशक मायालु मोक्तानको अध्यक्षतामा भएको अधिवेशनबाट अध्यक्षमा गोपाल मोक्तान, उपाध्यक्ष सुमन तामाङ, सचिव प्रकाश मगर, कोषाध्यक्ष लोक बहादुर खत्री, सह सचिव परेश भण्डारीलाई चयन गरेको छ ।  
त्यस्तै समितिको सदस्यहरुमा सुमन मोक्तान, खगेन्द्र राना मगर, मिलन तामाङ, मदन श्रेष्ठ, प्रदिप तामाङ्ग र कविराज श्रेष्ठलाई चयन गरेको हो । 
प्रा.ली.ले भोजपुर जिल्लाका ग्रामीण क्षेत्रहरु दलगाउँ, भुल्के, ओख्रे, गोगने, खेना, पामाखाम भञ्ज्याङ लगायत क्षेत्रमा र जिल्ला बाहिर भोजपुर–काठमाण्डौँ, इटहरी, विराटनगर, बिर्तामोड, खोटाङ लगायत नियमित रुटमा र रिजर्भ मार्फत पोखरा, मनाङ, मुस्ताङ लगायत क्षेत्रसम्म यातायात सेवा प्रवाह गर्दै आएको निर्देशक मायालु मोक्तानले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस