Slider
यात्रुबाहक बस दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची, कुटुम्साङबाट काठमाडौं आउँदै गरेको बस शंखरापुर नगरपालिकाको लप्सेफेदीमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । बा५ख ५०७० नम्बरको बस सडकमा पल्टिँदा च्यापिएर ३ जनाको मृत्यु हो । घटनास्थलमा रहेका शंखरापुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बुद्धिबहादुर तामाङका अनुसार बसमा सवार अधिकांश यात्रु घाइते भएका छन् ।
करीब ६० जना भन्दा बढि यात्रु सवार यात्रु बस ब्रेक फेल भएर शंखरापुर ३ र ४ वडाको सिमानामा पल्टेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
दुर्घटना विहिबार करिव ४ बजेतिर भएको प्रहरीले जनाएको छ । घाइतेको शंखरापुरमा रहेको अस्पताल, नेपाल केडिकल कलेज अत्तरखेल लगिएको छ ।
स्थानीय वासिन्दा र प्रहरी लगायतको सहयोगमा बसलाई डोजरले तान्ने काम भइरहेको छ भने च्यापिएको शव निकाल्न सकिएको छैन ।
घटना सम्बन्धि थप विवरण आउन बाकी रहेको प्रहरीले जानकारी दिएको छ ।
