राजनीति
भोजपुरबाट १ लाख २४ हजार मतदाताको नामावली अद्यावधिक
भोजपुर । जिल्ला निर्वाचन कार्यालय भोजपुरको पछिल्लो तथ्याङ्क अनुसार १ लाख २४ हजार १ सय ५२ जनाले मतदाता नामावली अद्यावधिक गरेका छन् । जिल्लाको कुल मतदाता सङ्ख्या १ लाख २५ हजार ७ सय ६६ रहेकोमा अहिले विगतमा भन्दा १ हजार ६ सय १४ कम मतदाताले मतदाता नामावली अद्यावधिक गरेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, ‘मतदाता नामावली अद्यावधिक गर्ने क्रममा मृत्यु भएर नामावली हटाइएका १ हजार ४ सय ४९ जना, दोहोरो नाम भएर हटाइएका ६ सय ६ जना गरी १ हजार ६ सय १४ मतदाता कम भएको हो ।’
निर्वाचनका लागि प्रतिनिधिसभा र दुई वटा प्रदेश सभा रहेको जिल्लाको नौ वटा स्थानीय तहमा कुल ८७ वटा मतदान केन्द्र,१ सय ५९ र २ वटा अस्थायी मतदान केन्द्रमा मतदान हुदैँ आएको छ ।
हाल मतदान स्थल थपघट गर्ने सम्बन्धमा स्थानीय तहलाई पत्राचार गरिएको र स्थानीय तहले गरेको सिफारिसको आधारमा मतदान स्थल थपघट हुन सक्ने समेत कार्यालय प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
