स्वास्थ्य

भोजपुरमा मेयरको अर्को सफलता, नगरको मुहार परिर्वतन

भोजपुर, २३ जेठ । भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले नगरको मुहार परिर्वतन गर्नका लागी आफु नेतृत्वको टोलीलाई परिचालन गरी सफा, सुन्दर, हरियाली र पर्यावरणिय क्षेत्र वनाउनका लागी जोडदार अगाडि बढेका छन । विश्व वातावरण दिवशको अवशरमा सुरु गरीएको सरसफाई अभियान र वृक्षरोपण कार्यक्रम दोश्रो दिन जेठ २३ गते पनी भोजपुरमा जारी रहयो । जेठ २२ गते जिल्ला स्थित टक्सारको घरेलु तथा साना उद्योग विकास संस्था, बोखिम, कैलाश डाडा, बौद्धरीय क्षेत्र, बहिरा आधारभुत विद्यालय, जरायोटार प्रहरी चौकी, कोटको विद्यालय, अन्य सरकारी सवै कार्यालयहरुमा प्रत्येकलाई १० वटाका दरले जिल्ला भरीमा १ हजार ८ सय ५० वटा विरुवाहरु रोपण गरीयो ।
त्यस्तै जेठ २३ गते भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल, तथ्यांक अधिकृत विमल कुमार यादव, सरकारी एंव गैर सरकारी संघ संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमख तथा कर्मचारीहरु, स्थानीय समावसेवीका र पत्रकारहरु गरी ३ सयकोे उपस्थिीतीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा सरिक भएका मेयर आलेले “ एक व्यक्ति एक विरुवा रोपौँ भन्ने नारालाई नगरपालिकाले अवलम्न गरेको भन्दै, नगरवासिले यस नारालाई आत्मसात गरी समृद्ध नगरपालिका बनाउन एक जुट हुन सवै नागरीकलाई आग्रह समेत गरेका छन । कार्यक्रममा हामिले प्रकृतीबाट लिनेमात्र हैन दिनेपनी गर्नुर्दछ जसले गर्दा वातावरण सन्तुलीत हुने र स्वास्च्छ हावा, पानी, वातावरण उपभोग गर्न पाउने समेत उनले बताए ।  
मेयर आलले आगामी दिनमा नगरवासि सवैले आफनो घर, आगन, पसल वरपर फोहोर राखेर वातावरण दुर्घन्धित, प्रदुशित बनाएमा नगरपालिकाले कानुनको पालना गरी कार्वाहि गर्ने  भएकाले होटल व्यावसायी, दोकाने, बाटो हिडने लगायत सवैले आफुले प्रयोग गरेको पर्दाथलाई निश्चीत ढाउमा राखी असल नागरीकको भुमीका निर्वाह गर्न सवै नगरवासिलाई आग्रह समेत गरेका छन । 

प्रतिकृया दिनुहोस