अन्तरवार्ता

नेपाली कांग्रेसका केन्द्रिय नेता डाक्टर शेखर कोईरालासग पत्रकार गोकुल भुजेलले प्रत्यक्ष भेटमा गरेको कुराकानी

नेपाली कांग्रेसका केन्द्रिय नेता डाक्टर शेखर कोईरालासग पत्रकार गोकुल भुजेलले प्रत्यक्ष भेटमा गरेको कुराकानी ....
गोकुल भुजेल ः स्थानीय र प्रदेशको चुनावमा कांग्रेस हार्नुको कारण के हो ? 
डा. शेखर कोईराला ः वाम गठबन्धन, नेपाली काङग्रेसका नेता तथा कार्यकर्ताले  आफुले गरेको कामको प्रचार प्रसार गर्न कन्जुसाई गरेर, नेता कार्यकर्ता गाउँमा गएर जनता सगको सामिप्यता कम भएर, भातृ संगठनहरु चलाएमान नभएर पराजय भोगेको हो ।
गोकुल भुजेल ः हारको समिक्षा किन भएन ?
डा. शेखर कोईराला ः पार्टीले आन्तरीक रुपमा हारको समिक्षा गरेको छ । नेतृत्वले हारको प्रतिफल स्वीकार गर्नुपर्दछ । पार्टी चुुनाव लडेको हो व्यक्ति लडेको हैन, व्यक्ति हारेको हैन पार्टी हारेको हो । 
गोकुल भुजेल ः शिर्षनेताले नेतृत्वलाई दोष दिएर पन्छिन मिल्छ ?
डा. शेखर कोईराला ः सभापतीले अन्य नेताको भन्दा वढि जिम्मेवार वहन गर्नुपर्दछ , जस अवजस दुवै लिनुपर्दछ किनकी चुनाव भएको जस मात्र लिन चाहेको तर हारको अवजस लिन चाहे जस्तो देखिन्दैन  । सभापतीले कार्यसम्पादन, सहमती र विद्यान मिचेर काम गरेको पाईनछ । 
गोकुल भुजेल ः सुगममा भन्दा दुर्गम क्षेत्रमा पार्टीको सक्रियता किन कमजोर ?
डा. शेखर कोईराला ः क्षेत्रिय स्तरका नेता तथा कार्यकर्ता जिल्लाहरुमा जानुपर्दछ , जिल्लामा भएका नेता गाउँमा र टोलहरुसम्म पुग्नुपर्दछ । गाउँमा भएका समस्या पहिचान गरी समाधानमा लागी निष्पक्ष भएर लाग्नुपर्दछ अनी आफै संगठन विस्तार हुन्छ । 
गोकुल भुजेल ः वालकुष्ण ढुंगेललाई सरकारले छोडदा किन कांग्रेस  वोलेन ?
डा. शेखर कोईराला ः सरकारले दण्डहिनतालाई प्रसय दिएको छ । सर्वोच्च अदालतदले जन्मकैद तोकेको व्यक्तिलाई ६ महिला नपुगी रिहा गर्नु भनेको लोकतन्त्र हैन, यसको उपहास हो । 
गोकुल भुजेल ः जनताले लोकतन्त्र आएपछि के पाए । 
डा. शेखर कोईराला ः आवाधिक निर्वाचन, सुसासन त केहि मात्रमा पाईयो तर न्यायपालिका स्वातन्त्र, निष्पक्ष हुनुपर्नेमा ढुंगेल लाई छोडदा मानव अधिकार कर्मी किन चुप ? न्यायलय पंगु भएको छ , छोडन मिल्दैन भन्नु पर्दैन ? सरकारले सर्वोच्चको ध्जजी उडायो ।
गोकुल भुजेल ः नेपाल भारत सम्बन्ध सुमधुर भएको हो ?
डा. शेखर कोईराला ः भारतसगको सम्बन्ध सुमधुर भएको छ । यो पनी उपल्बधि हो । सम्झौता भएका योजनाहरु कार्यान्वय हुनु जरुरी छ । केपीले चुनावि नाराका लागी मात्र आरोप प्रत्यारोप लगाएका हुन  यो जनताले बुझनुपर्ने  कुरा हो । 
गोकुल भुजेल ः पाच बर्ष भित्र राष्ट्र परिर्वतन हुन्छ ?
डा. शेखर कोईराला ः लोकतन्त्र सुदृढ गुर्नपर्दछ, समावेशि विकास, पार्दशिता लाई आत्मसात गरीयो भने केहि परिर्वतन हुन सक्छ ।
गोकुल भुजेल ः वजेट भाषण, निति योजना, कार्यक्रम कस्तो लाग्यो ?
डा. शेखर कोईराला ः प्रादेशिक संरचनामा देश गएपछि पनी सरकारले खै प्रदेशलाई वजेट दिएको ? स्थानीय सरकार, प्रदेश सरकारलाई वजेट दिएको छैन अनि कसरी विकास हुन्छ । यो जनवादि केन्द्रयताको पाठ जस्तो देखिन्छ । यो वजेटले नेपाली कांग्रेले उठाएका निति तथा कार्यक्रमहरु १० देखि १५ वटा समायोजन गरेको छ । ठुला योजनाहरु कार्यान्वयन हुन कठिन छ किनकी नेपालीहरुको कार्यान्वयन पक्ष ढिलो छ ? 
गोकुल भुजेल ः भोजपुरमा आएर नेपाली कांग्रेसका भातृसंगठन तथा नेता कार्यकर्तालाई के निर्देशन तथा जानकारी दिनुहुन्छ ?
डा. शेखर कोईराला ः नेपाली कांग्रेसका सम्पुर्ण नेता कार्यकर्ताले हारेको मानसिकताबाट माथी उठेर गाउँगाउँमा पुगेर जनताको आवश्यक्ता पहिचान गरी जनतासग प्रत्यक्ष सरोकार राख्दा संगठन आफैविस्तार हुन्छ । त्यससगै कांग्रेसले जितेका ठाउँमा सुसासन, पार्दशिता र जवाफदेहि तरीकाले काम गरेमा जिम्मेवार बन्न सकिन्छ ।

 

प्रतिकृया दिनुहोस