अन्तरवार्ता

मादल व्यावसायले जीवनमा ल्यायो परिवर्तन

गरिवीको आफ्नो अवस्थालाई माथि उकास्न र लोपोन्मुख हुँदै गएको लोक बाजा मादलको व्यावसायलाई प्रबद्धन गरि समाजमा आफ्नो छुट्टै पहिचान बनाउनका लागि सफल भएका  उदाहरणीय व्यक्ति हुन  मानबहादुर

भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका वडा नं साविक नेपालेडाँडामा गरिवी निवारण कोषको आर्थिक सहयोगमा हिहर्ल्ड नेपालद्वारा सञ्चालन भइरहेको गरिवी निवारण कार्यक्रम अन्तर्गत देविथान सामुदायिक संस्था गठन भएको छ । यसै सामुदायिक संस्थामा रहेका सदस्यहरु मध्ये एक हुन् मान बहादुर सार्की । आर्थिक रुपमा निकै कमजोर थियो मानबहादुरको विगत । आर्थिक अभावकै कारण आफ्ना १ छोरी र १ जना नfतीलाई शिक्षा दिन नसकिरहेका मानबहादुरले यस सामुदायिक संस्थामा रहि कामहरु गर्दै जाँदा सम्पुर्ण प्रकृयाहरु पूरा गरिसकेपछि संस्थालाई प्रदान गर्ने घुम्तिकोषको रु १० हजार रकम ऋण लिए । काम गर्ने ईच्छाशक्ति भएका मेहनती मानबहादुरलाई नेपालेडाँडामै रहेको जाल्पादेवी आमा समूहले समेत ५ हजार रकम ऋण स्वरुप प्रदान गर्यो । यसरी गरिवी निवारण कोष र जाल्पादेवी आमा समूहको स्रोत साझेदारीमा उनले रु १५ हजार रुपैया लिइ उनले आफ्नो व्यावसायलाई विस्तार गर्दै लगे । उनी मादलका लागि चाहिने कच्चा पदार्थहरुमा खरि चाहि छिमी जिल्ला संखुवासभाको तुम्लिङटारबाट ल्याउछन् भने छाला, ढुङ्ग्रा ,बाँको अदि स्थानीय स्तरबाटै जुटाउँछन् । यसरी मादलको व्यावसायलई विस्तर गर्दै लगेका मानबहादुरलाई  सुरुमा ऋण लिएको रकम पनि फिर्ता गर्न सक्दिन कि भन्ने कुराले  पिरोलि रहन्थ्यो । तर जब उनले हिम्मत गरेर मादल व्यवसायको सुरुवात गरे तब उनले निकै फाईदा कमाए । उनले उत्पादन गरेका मादलहरु भोजपुरकै स्थानीय दिङ्ला बजार , संखुवासभाको खादबारी, चैनपुर मा बेच्ने गर्छन् । यहि व्यावसायले अहिले उनले लिएको ऋणको सावा व्याज चुक्ता समेत गरेका छन् । यतिमात्र होइन उनको ७ जनाको परिवारलाई जिविकोपार्जनमा सहजता हुनका साथै उनका १ छोरी र १ नातीलाई पढाउनका लागि पनि सहयोग पुगेको छ । आफुसँग सीप हुँदाहुँदै पनि लगानी गर्ने पुँजी नहुँदा चुप लागेर बस्नुपर्ने अवस्थालाई सहजता गरिदिएको गरिवी निवारण कोष र आफ्नो सीपलाई प्रयोग गर्न र आर्थिक अवस्थामा सुधार ल्याउनका लागि व्यावसायीक हुनुपर्छ भनी हौसला दिंदै यो अवस्था सम्म ल्याउन सहयोग गर्ने हिहर्ल्ड नेपालप्रति उनी एकदमै खुसी छन् । उनी भन्छन् “मैले यहि मादल व्यावसाय गरेर नै मेरो घर खर्च चलाएर मासिक ८ हजार भन्दा बढी पैसा बचत समेत हुन्छ ।  पैसा नेपाल राष्ट्र बैंकमा जम्मा गरेको थिएं अहिले त्यहि पैसाले थोरै खेत समेत किनेको छु । ”

मान बहादुर यो कार्यक्रमबाट व्यावसायिक बन्ने एक उदाहरणीय पात्र मात्र हुन् । हिहर्ल्ड नेपालद्धारा सञ्चालित गरिवी निवारण कार्क्रममा आवद्ध १,२०५ घरधुरीमध्ये अधिकांशले विभिन्न आयआर्जनसँग सम्बन्धित बाख्रा पालन, भेडा पालन, भैसि पालन, अलैंची खेती, कुखुरा पालन, सिलाई कटाइ, किराना पसल आदि कृयाकलापहरु सञ्चालन भइरहेको र यी नै व्यावसायहरुलाई आधुनिक तरिकाबाट गर्नसके अझ प्रभाबकारी हुने कुरा कार्यक्रम संयोजक विमला थापाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस