स्वास्थ्य

बालंखा र हतुवागढीको घोरेटारमा एकिकृत घुम्ती शिविर

भोजपुर, २० जेठ । जनताको घरदैलोमा सरकारी सेवा पुयाउने उदेश्यका साथ भोजपुरको आमचोक गाउँपालिकाको बालंखा र हतुवागढीको घोरेटारमा एकिकृत घुम्ती शिविर सञ्चालन हुने भएको छ । शिविर जेठ २१ गतेदेखि सुरु भई जेठ २६ गते सम्पन्न हुने सहायक जिल्ला प्रमुख उपेन्द्र न्यौपानेले जानकारी दिए ।  शिविर आमचोक गाउँपालिकाको बालंखामा २१, २२ र २३ गते र हतुवागढीको घोरेटारमा २४, २५ र २६ गते सञ्चालन हुनेछ । 
जिल्ला प्रशासन कार्यालय भोजपुरको आयोजनामा हुने शिविरमा नागरीकता, अपांग प्रमाणपत्र, पशु भेटेनरी, स्वास्थ्य, कृषि लगायत सेवाहरु प्रदान गर्ने सहायक प्रजिअ न्यौपानेले बताए ।
यसअघि जिल्लाको अरुण गाउँपालिका स्थित प्याउली, पौवादुम्मा गाउँपालिका स्थित च्यांग्रे र सानोदुम्मामा शिविर सञ्चालन भईसकेको र आगामी दिनमा जिल्लाको साल्पासिलिचो गाउँपालिकामा शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको सहायक प्रजिअ न्यौपानेले जानकारी दिए ।


 

प्रतिकृया दिनुहोस