अर्थ/वाणिज्य

पेट्रोल, डिजेल, तथा मट्टीतेलको म्ूल्य बढ्यो, कस्को कती मुल्य ?

भोजपुर, २० जेठ । जेठ १९ गते शनिबार राती १२ वजेबाट लागुहुने गरी पेट्रोलियम पदार्थको मूल्य बृदि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३÷३ रुपैयाँ वृद्धि गरेकोे हो । मुल्यबृद्धि गरेसगै पेट्रोल लिटरमा ११३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको निगमका सञ्चालक समितिका सञ्चालक अरबिन्द अग्रवालले जानकारी दिए ।
भारतीय आयल कर्पोरेशन (आईओसी)ले शुक्रबार नयाँ मूल्यसूची पठाएसगै नेपालमा पेट्रोलियम पदार्थको मूल्य बृदि भएको हो । यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।
अन्तराष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ । निगमले प्रत्येक १५÷१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो ।
नयाँ मूल्यअनुसार भारतमाभन्दा नेपालमा पेट्रोल एक लिटरमा २२ र  डिजेल २४ रूपैयाँ सस्तो छ । 
 

प्रतिकृया दिनुहोस