भोजपुर खबर

रिलायबलद्धारा क्युवेक समितिलाई प्रशिक्षण


भोजपुर । रिलायबल नेपाल जिवन विमा कम्पनी भोजपुर शाखाले क्युबेक समिति भोजपुरका पदाधिकारहिरुलाई प्रशिक्षण गरेको छ । रिलायबल नेपाल जिवन विमा कम्पनी शाखा कार्यालय भोजपुरको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रम जिवन विमाको महत्व, फाइदा र जिवन विमाले प्रत्यक्ष जिवनमा पर्ने असरको बारेमा जानकारी प्रदान गर्नका लागी आयोजना गरीएको शाखा कार्यालय भोजपुरका प्रमुख मनोज खनालले बताएका छन् । उनले भने ‘म्यादि जिवन विमा, सुलब जिवन विमा, साबधिक जिवन विमा लगायत अन्य विमाको बारेमा कतिपय कामदार, कर्मचारी लगायत अरुलाई जानकारी छैन, जसले गर्दा जिल्लामा धेरै जिवन विमा भएको छैन् । जिललामा रहेका अन्य जिवन विमा कम्पनीले पनी जिवन विमाको बारेमा प्रचारप्रसार गरेका छैनन्, गाउँगाउँमा गएर विमाको बारेमा जानकारी गराउन आवश्यक रहेको समेत खनालले औल्याएका छन् ।
जिवन विमाले भविष्यमा हुने दुर्घटना लगायत अन्य जोखिमको जिम्मा लिएको हुन्छ । यदि विमित को दुर्घटना अथवा केहि नभएमापनी निश्चीत समयअवधिको आधारमा पैसा र्फिता दिन्छ, दुर्घटना भए निश्चीत पैसाको उपचार गरीदिन्छ, मृत्युभएमा इच्छाएको व्यक्तिको प्रिमियम फ्रि, लगायत शिक्षण सेवाका साथै विभिन्न सेवा प्रदान गर्दछ । दुर्घटनाले सानो, ठुलो, धनी, गरीव, राजा, प्रजा केहि भन्दैन र बाजा बजाएर पनी दुर्घटना हुदैन त्यसैले जिवन विमाको बारेमा बुझेर जिवन विमा गर्न आवश्यक छ, खनालले भने । 
कार्यक्रममा क्युवेक नेपाल भोजपुरका अध्यक्ष पर्शुराम तामाङ सहित १५ जना भन्दा वढि पदाधिकारीको सहभागीता रहेको संस्थाकी कर्मचारी दिपा प्रधानले जानकारी दिएकी छिन् ।  

प्रतिकृया दिनुहोस