राष्ट्रिय

नेपाल भाषा मंकखलकोे अध्यक्षमा प्रधान


भोजपुर । नेपाल भाषा मंकखल वडा समिति बोखिम, भोजपुरको अध्यक्षमा हरी प्रशाद प्रधान चयन भएका छन् । तेश्रो साधरण सभाबाट प्रधान समितिको चौथो कार्यकालका लागी अध्यक्षमा चयन भएका हुन् । नगरपालीका वडा नं ५ बोखिमको तेश्रो साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष हरी प्रशाद प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाती जिल्ला समन्वय इकाई भोजपुरका अध्यक्ष चक्र बहादुर राईको प्रमुख आतिथ्यता र भोजपुर नगरपालीकाको मेयर कैलाश कुमार आलेको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो । 
त्यस्तै अधिवेशनबाट सरण ब प्रधान उपाअध्यक्ष, प्रतिक्षा श्रेष्ठ सचिव, सुवास प्रधान सहसचिव र यशोधा प्रधान कोषाअध्यक्ष लगायत ११ सदस्य कार्य समिति चयन भएको सचिव प्रतिक्षा श्रेष्ठले जानकारी दिएकी छिन् । 
अधिवेशनलाई सम्बोधन गर्दै भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आलेले तुलनात्मक रुपमा नेवारी समुदायको बसोबास वढि रहेको बोखिममा नेवारी कला संस्कृती बचाउनका लागी साथै सास्कृतीक रुपमा रहेको मंकखल परीवारको जोर्णद्धार मन्दिर संरक्षणका गर्नका लागी नगरपालीकाले १ लाख आर्थीक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 
कार्यक्रममा समितिकी कोषाअध्यक्ष यशोधा प्रधानले ३ लाख ७१ हजार ५ सय आय र बैक मौज्दात २४ हजार गरी ३ लाख ७१ हजार ५ सय बराबरको व्याय का साथैँ मंकखल मन्दिरको बार्षीक प्रतिवेदन समेत प्रस्तुत गरेकी थिइन् । 


 

प्रतिकृया दिनुहोस