भोजपुर खबर

आम्तेकमा ६८ लाख ३२ हजारको भवन शिलन्यास


भोजपुर । भोजपुर नगरपालीका वडा नं ११ आम्तेक स्थित लक्ष्मी आधारभुत विद्यालयको चार कोठे भवनको शिलन्यास गरीएकोे छ । विद्यालयको ३८ औँ बार्षिक उत्सवको अवशरमा करिब ६८ लाख ३२ हजार ९ सय ८० लागतमा निमार्ण हुने भवनको शिलन्यास गरीएको हो । राष्ट्रिय पुनंनिमार्ण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वय इकाईद्धारा प्राप्त चारकोठे पक्की भवनको पराम्परागत रुपबाट पुजागरी शिलन्यास गरेको हो । 
शिलन्यास कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सुदन किरातीले समाज रुपान्तरणका लागी शिक्षामा आमुल परीवर्तन ल्याउनुपर्ने बताएका छन् ।  भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आलेले भने शिक्षा क्षेत्रमा परीवर्तन ल्याउनका लागी भोजपुर नगरपालीकाले गुरु योजना बनाएरै अगाडि बढेको बताएका छन् । जसअन्तर्गत शिक्षा क्षेत्रमा परीवर्तन गर्नका लागी नगरपालीका भित्रका सवै सामुदायीक विद्यालयमा ई हाजीरी, लगबुकका साथै निरन्तर विद्यालय अुनगमन गर्ने जनाएका छन् । त्यस्तै आलेले नगरपालीका भित्रका सम्पुर्ण सामुदायीक विद्यालयहरुबाट उत्कृष्ठ काम गर्ने एक जना शिक्षक र शिक्षिका का साथै सामुदायीक विद्यालयहरु मध्ये एउटा विद्यालयलाई १ लाख प्रोत्साहन पुरुस्कार प्रदान गर्नका लागी नगरपालीकाले बजेट समेत छुट्याएको बताएका छन् । 
बार्षीक उत्सवको अवशरमा विद्यालयका प्रधानध्यापक शेर ब राईले विद्यालयको करिब ३५ लाख ६६ हजार ३ सय ५१ बराबरको आयव्याय का साथैँ बार्षीक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन किराती, भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आले, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मान ब देवकोटा, आयोजना कार्यान्वयन इकाई भोजपुरका प्रमुृख राजनराज रेड्डि, श्रोत व्यक्ति धुव्रराज रेग्मी  लगायतको उपस्थिती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस