भोजपुर खबर

औषधिको विवरण अनलाईनबाट : मेयर आले


भोजपुर । भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आलेले नगरपालीका भरी रहेका स्वास्थ्य संस्थाहरुको औषधि विवरण तथ्यांक अनलाईबाट हेर्ने व्यावस्था गरेको बताएका छन् । मेयर आलेले आफु यसअघि आइटिको विद्यार्थी भएकाले सुचना प्रविधिको क्षेत्रमा अन्य स्थानीय तहभन्दा भोजपुर नगरपालीका माथि रहेको बताउदै नगरपालीका भरी रहेका स्वास्थ्य संस्थामा निरन्तर अनुगमन गर्न नभाउने भएकाले औषधिको विवरण अनलाईनबाट नगरपालीकामै बसेर र्हेनका लागी नगरपालीकामा अवस्थीत सवै स्वास्थ्य संस्थालाई ल्यापटप प्रदान गरेको समेत बताएका छन् । सुआहारा भोजपुरले आयोजना गरेको घरधुरी सर्वेक्षणको नजिता र जिल्ला स्तरीय परीयोजना सल्लाकार समितिको बैठकमा आलेले यस्तो बताएका हुन् । उनले भने ‘ग्रामीण क्षेत्रमा औषधिको अभावका कारण कतिपय मातृशिशुका साथै सवैले राम्रो स्वास्थ्य उपचार नपाएको गुनासो आएपछि स्वास्थ्य उपचार र औषधिलाई व्यावस्थापन गर्न भोजपुर नगरपालीकाले अनलाईन प्रविधि अपनाएको हो ।’ ल्यापटप फेसबुक, युटुव चलाउन नभएर स्वास्थ्य संस्थामा औषधिको अवस्था कस्तो छ, कुन क्षेत्रमा औषधिकति छ निशुल्क रुपमा औषधि दिएको छ,छैन जानकारी लिई स्वास्थ्य क्षेत्रमा प्रभावकारी सेवा प्रवाह हुने विश्वास रहेको छ । नगरपालीकाले स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागी राम्रो काम गर्ने एक जना स्वास्थ्यकर्मीलाई ५० हजार प्रोत्साहन पुरुस्कार प्रदान गर्ने उदेश्य रहेको समेत आलेले जिकिर गरेका छन् । 
जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट बोल्ने क्रममा आलेले सुआहाराले प्रदान गर्ने कार्यक्रमहरु ग्रामीण तथा सहरी जुनसुकै क्षेत्रमा प्रभावकारी एंव लाभदायक भएकाले संस्थाले कार्यक्रमलाई जिल्लाभरी बृहतर बनाउनुपर्ने बताएका छन् ।  जिल्लामा रहेका सवै स्थानीय निकायका प्रतिनिधिहरुको विचमा सुआहाराले बर्षभरी गरेको कामको नजिताका साथै गाउँमा रहेका मातृशिशु पोषण लगायत अवस्थाको बारेमा जानकारी गराइएको थियो । 
त्यस्तै नगरपालीकाले गुरु योजना बनाउदा स्वास्थ्य क्षेत्रमा भएको समस्याको बारेमा सुआहारापनी सचेत भएकाले संस्थागत सहकार्य गर्न आवश्यक रहेको समेत आलेले औल्याएका छन् ।
संस्थाका अध्यक्ष सरण राईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थित सम्पुर्ण स्थानीय तहका प्रमुख एंव उपप्रमुख, नागरीक समाज, जिल्ला समन्वय समिति अध्यक्ष लगायत सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम संयोजक अनिता थापाले जानकारी दिईन । 
 

प्रतिकृया दिनुहोस