भोजपुर खबर

यशोधरा मावि टक्सारको भवन शिलन्यास


भोजपुर । यशोधरा माध्यमीक विद्यालय टक्सारमा नयाँ चार कोठो भवनको शिलन्यास गरीएकोे छ । प्रदेश नं १ का मुख्यमन्त्रि शेरधन राई, प्रतिनिधिसभा सदस्य सुदन किराती र भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आले लगायतको उपस्थितीमा भवनको शिलन्यास गरीएको हो । राष्ट्रिय पुनंनिमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई भोजपुरद्धारा प्राप्त चारकोठे पक्की भवनको पराम्परागत रुपबाट पुजागरी शिलन्यास गरेको होे । 
भवन शिलन्यास कार्यक्रमको अवशरमा विद्यालय व्यावस्थापन समिति अध्यक्ष रमेश कुमार शाक्यद्धारा ५ करोड ५० लाख लागतमा निर्मित २१ कोठे भवनको प्रस्तावना र प्राविधिक शिक्षा अध्ययन गर्न आवश्यक शैक्षिक सामग्री खरीदका लागी ५ लाख बराबरको प्रस्तावना पत्र समेत मुख्यमन्त्रि समक्ष पेश गरेका छन् । 
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रि शेरधन राईले विद्यालयले प्रस्ताव गरेको ५ करोड ५० लाखको भवन स्थानीय सरकारसगँ सहकार्य गरेर केहि बर्षभित्रमा बनाउने र ५ लाख बराबरको प्राविधिक शिक्षा पठनपाठनका लागी आवश्यक प्रयोगात्मक सामग्री भने प्रदेश सरकारले खरिद गरीदिने बताएका छन् । त्यस्तै राईले टक्सार एयरर्पोट देखि सदरमुकाम जोड्ने सडक तत्काल पिच गर्ने, प्राविधिक शिक्षा र व्यावसायीक शिक्षामा प्रदेश सरकारले निति बनाएरै कार्य गर्ने साथै जिल्लामा भएका अन्य समस्याहरुलाई पनी क्रमश समाधान गर्ने बताएका छन् । 
भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आलेले मुख्यमन्त्रिले ४ कोठो भवनको शिलन्यास गरेर हिड्नु भन्दा पनी आफनो कार्यकालमा जिल्लाको गुरुयोजना बनाई, ठोस एंव उत्कृष्ठ काम गर्न आग्रह गरेका छन् । जिल्लाले राष्ट्रपतीका साथै मुख्यमन्त्रि पाएको उल्लेख गर्दै जिल्लामा भएका समस्याहरु अहिलेपनी उस्तै छन्, टक्सार एयरर्पोट देखि सदरमुकाम जोड्ने सडक, ग्रामीण क्षेत्रमा भएका सडकका साथै विद्युत, खानेपानीको समस्या अझै ताजा छन्, आलेले भने । प्रतिनिधिसभा सदस्य सुदन किरातीले आफु निति, नियम बनाउने ठाउँमा भएको तर पैसा बाड्ने ठाउँमा नभएकाले आफुले गाउँलेहरुको समस्यालाई समाधान गर्न ग्राहो भएको बताएका छन् । 

प्रतिकृया दिनुहोस