भोजपुर खबर

प्रदेश १ का मुख्यमन्त्रि राई गृह जिल्ला भोजपुरमा

गोकुल भुजेल
भोजपुर, २५ पौष । प्रदेश नं १ का मुख्यमन्त्रि शेरधन राई आफनो गृह जिल्ला भोजपुर आएका छन् । मुख्यमन्त्रि राई नेपाल वायु सेवा निगमको 9NBT कलसाईन विमानको उडान नं RN-109 बाट बुधबार विहान ९ः ५०  बजे भोजपुरको टक्सार  विमान स्थलमा र्ओलीएका हुन्  । 
जिल्ला सदरमुकाम स्थित सामुदायीक भवनमा पौष २६ गते हुने दोश्रो जिल्ला सभाको प्रमुख अतिथिको रुपमा  मुख्यमन्त्रि राई जिल्ला आएका हुन् । मुख्यमन्त्रि राई सगैँ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन किराती, प्रदेशसभा सदस्य राजेन्द्र कुमार राई र समानुपातीक सभा सदस्य शौभाग्यमती राई पनी जिल्ला आएका छन् । 
सभामा सहभागी हुन जिल्ला स्थित अरुण, पौवादुङमा, आमचोक, रामप्रशादराई, टयाम्केमैयुम, साल्पासिलिचो र हतुवागढि गाउँपालीकाको अध्यक्ष र उपाअध्यक्षहरु मध्ये केहि जिल्ला आइसकेका छन भने केहि भोली आउने भएका छन् । त्यस्तै भोजपुर र षडानन्द नगरपालीकाका मेयर तथा उपमेयर पनी सभामा सहभागी हुन भोलीनै जिल्ला आउने भएका छन् । जिल्ला सभामा गतबर्षमा भएका विकास निमार्णका कामहरुको बारेमा छलफल तथा आगामी दिनमा जिल्लाको विकासका लागी निति तथा कार्यक्रमहरुको बारेमा छलफल हुने जिल्ला समन्वय समिति कार्यालय श्रोतले जनाएको छ ।
त्यस्तै सभामा आर्थिक बर्ष २०७४/०७५ को जिल्लाभरीका स्थानीय तहले गरेको कार्यक्रमहरुको बारेमा जिल्ला समन्वय समितिले गरेको अनुगमनको प्रतिवेदन समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

 

प्रतिकृया दिनुहोस