भोजपुर खबर

औधोगीक क्षेत्र विकासका लागी कृषि : मेयर आले


भोजपुर । विकासशिल देशहरुको आर्थिक क्षमता उच्चहुनुको कारण औधोगीक क्षेत्र भएको र औधोगीक क्षेत्रलाई सञ्चालन गर्न कृषि पहिलो खम्बा भएको भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आलेले बताएका छन् । भोजपुर नगरपालीका पशुपन्छि सेवा शाखाले आयोजना गरेको ३ दिने बाख्रा पालन तालीमको समापनलाई सम्बोधन गर्दै मेयर आलेले औधोगीक क्षेत्र विकासका लागी कृषि महत्वपुर्ण अङ्ग भएको बताएका हुन् । नेपाल कृषिमा आत्मनिर्भर देश हो, उन्नत जातको विऊ÷विजन, आधुनीक कृषि औजार,   रोपण विधिका साथै दक्ष जनशक्ति अभाव र पराम्परागत खेती प्रणालीका कारण कृषिमा उत्साहजनक उत्पादन भएको छैन्, मेयर आलेले भने । 
खाद्य पर्दाथको परीकारहरु तयार पार्न उद्योगलाई कच्चा पर्दाथको रुपमा धान, गहु, मकै,कोदोका साथै विभिन्न वालीहरुको आवश्यक्ता पर्दछ । गाउँघरमा कृषकहरुले उत्पादन गरेको अन्नवाली बजार सम्म लगेर बेचविखान गर्दा आयश्रोतको माध्ययम बन्छ । अन्नवाली धेरै, राम्रो उत्पादन गर्नका लागी आर्यनीक तथा रसायनीक मलको आवश्यक्ता पर्दछ, जसका लागी नगरपालीकाले पहिलो चरणमा १२ वटा वडाको २४ जना अगुवा बाख्रा कृषकलाई तालीम दिएर व्यावसायलाई निरन्तरता दिन प्रोत्साहित गरेको छ । बाख्राको मलबाट साग, सब्जी, अन्नवाली फस्टाउनुका साथै पाठापाठी, खशी, बोका बेचेरै पनी परीवारमा राम्रो आम्दानी हुने भएकाले नगरवासीको आयश्रोत वृद्धि गर्न ३ दिने बाख्रा पालन तालीमको आयोजना गरेको मेयर आलेले जनाएका छन् । 
बैदेशीक रोजगारीमा जान लागेका तथा विदेशबाट र्फकिएका युवायुवतीलाई गाउँमानै कृषि सम्बन्धि तालीम तथा अनुदान प्रदान गरी स्वरोजगार बनाएर गाउँ, समाजको विकासमा अभिप्रेरीत गराउने उदेश्यले समेत तालीमको आयोजना गरेको मेयर आलेले उल्लेख गरेका छन् । 
त्यस्तै उपमेयर ममिता राईले तालीमबाट सिकेको सिपलाई गाउँमा पनी सिकाएर कृषिमा छरछिमेकिलाई प्रेरीत गराउन सवैलाई आग्रह गरेकी छिन् । राईले रोजगारीको नाममा विदेश गएका कतिपय युवायुवती बाक्समा आउने भएकाले, मृत्युलाई दाउँमा राखेर विदेश जानुभन्दा गाउँमानै केहि गर्न आवश्यक रहेको बताएकी छिन् । नगरपालीकाले अगुवा बाख्रा कृषकलाई प्रदान गरेको तालीमले गाउँका सवै कृषकहरुलाई कृषि तथा बाख्रा पालन व्यावसायमा टेवा पुयाउनुका साथै नगरबासीको आयश्रोतमा परीवर्तन आउने भोजपुर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत तथा कार्यक्रमका अध्यक्ष राजेश गिरीले बताएका छन् ।
तालीममा सहभागी दिल ब राईले गाउँको जग्गा जमीन बाझो बनाएर युवायुवती पैसा कमाउने दाउमा विदेश जाने गरेको बताउदै त्यसलाई न्युनीकरण गर्नका लागी नगरपालीकाले प्रदान गरेको तालीम गाउँमा गएर कृषकहरुलाई सुकाउनुका साथै आफुलेपनी बाख्रापालन व्यावसायलाई बढाएर लाने बताएका छन् । 
पौष २२ गतेबाट सुरु भएको ३ दिने तालीमको प्रशिक्षण पशु चिकित्सक  रोहित ब कार्कीले गरेका थिए । 
 

प्रतिकृया दिनुहोस