भोजपुर खबर

नेविसंघ भोजपुरद्धारा स्ववियुलाई ज्ञापन 


भोजपुर । भोजपुर बहुमुखि क्याम्पस भोजपुरको स्ववियुलाई नेपाल विद्यार्थी संघ क्याम्पस इकाई कमिटि भोजपुरले ज्ञापन पत्र बुझाएको छ । संघले स्थापना कालदेखिनै शैक्षिक, राजनैतीक, सामाजीक तथा विभिन्न क्षेत्रमा भइरहेको समस्याहरुलाई समाधान गर्न आवाज उठाउदै आएको जनाउदै हाल स्ववियुको पहलमा क्याम्पसमा विद्यार्थीले नेट चलाएको शुल्क, परीचयपत्र, छात्रवास, खेलकुद सामग्री लगायत स्ववियुको आर्थीक कारोवारपनी स्पष्ट नभएकाले स्ववियुलाई ध्यानकर्षण गर्दै ज्ञापनपत्र बुझाएको हो । 
नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सभापती मनिष श्रेष्ठ हस्तक्षरीत विज्ञाप्तीमा, यदि स्ववियुले उल्लेखीत मागहरुको बारेमा एक महिनाभित्र स्ष्पट जानकारी नगरी मागहरुको बारेमा वेवास्था गरेमा नेविसंघले थप सशक्त कदम चाल्ने उल्लेख गरीएको छ । 
यस विषयमा निमित्त क्याम्पस प्रमुख उत्तम राईले भने स्ववियु, विद्यार्थी संगठनहरु र क्याम्पस प्रशासनकै सहमतिमा त्रिवि केन्द्रिय कार्यालयको निर्देशन अनुसार विभिन्न शुल्कहरु समायोजन गर्ने क्रममा शुल्क बढेको बताएका छन् । पछि विद्यार्थीको विरोध आएपछि प्रति विद्यार्थी नेट शुल्क २० उठाउने निर्णय रद्यगरी १५ रुपैया लिने, दुई बर्षमा अध्ययरत विद्यार्थीलाई टाई, लोगोको शुल्क नलिने, चौथो बर्षमा अध्ययरत विद्यार्थीलाई इन्टरनेट शुल्क नलिने लगायत निर्णय भएको जनाएका छन् । 
त्यस्तै स्ववियु सभापती प्रकाससिंह राईले भने क्याम्पस प्रशासनसगँ छलफल गरेर शिक्षण शुल्क, नेट शुल्क लगायत अन्य शुल्कहरु लिएको तर विद्यार्थीहरुको गुनासोलाई मध्यनजर गरेर शुल्कहरु समायोजन गरेको बताएका छन् ।  स्ववियुको आर्थीक कारोवार अस्ष्ट नभएको पनी राईले बताएका छन् । तर, नेवि संघ लगायत विद्यार्थीहरुलाई भने यि विषयहरुमा अहिले सम्म कुनैपनी जानकारी नदिएको क्याम्पसमा अध्ययरत विद्यार्थी प्रमित कटुवालले बताएका छन् । 
त्यस्तै स्ववियुका सचिव अनोज कार्कीले भने नेविसंघले माग गरेका विषयहरुको बारेमा स्ववियुमा छलफल नभएको र स्ववियुमा भएको आर्थीक कारोबारमा अन्योलता भने रहेको बताएका छन् । त्यस्तै विद्यार्थीको परीचयपत्र, इन्टरनेट शुल्क, खेलकुद शुल्क लगायत अन्य शुल्कहरु घटाउन आफुपनी लागी परीरहेको जनाएका छन् ।  


 

प्रतिकृया दिनुहोस