राष्ट्रिय

भोजपुरमा लोकसेवा तयारीकक्षा सुरु : विषय विज्ञद्धारा पढाइने


भोजपुर । भोजपुर जिल्लाको सदरमुकाम स्थीत क्याम्पस रोडमा लोकसेवा तयारी कक्षा सञ्चालनको औपचारीक रुपमा उद्घाटन गरी पठनपाठन सुरु भएको छ । अरुण बहुउदेश्य तालीम केन्द्र भोजपुरले औपचारीक रुपमा आइतबारबाट पठन पाठन सुरु गरेको हो । भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आलेको प्रमुख आतिथ्यताका साथै क्याम्पसका प्राध्यापकहरु, क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु, लोकसेवा तयारी कक्षा लिने विद्यार्थीहरु लगायतको उपस्थितीमा व्यानर पठेर तयारी कक्षाको उद्घाटन गरेको हो । 
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भोजपुर नगरपालीकाका मेयर कैलाश कुमार आलेले विद्यार्थीहरु  राष्ट्रको सम्पती भएको बताउदै राष्ट्रलाई समृद्ध, उत्कृष्ट समुन्त बनाउनको लागी शिक्षा आवश्यक रहेकोले तालीम केन्द्रले सुरु गरेको तयारी कक्षा प्रभावकारी हुने बताएका छन् । शिक्षाले असल, कर्तव्यनिष्ठ, जिम्मेवार नागरीक उत्पादन गर्ने भएकाले शिक्षा लिनमा कुनैपनी विद्यार्थीले कन्जुसाई नर्गन विद्यार्थीहरुलाई  आलेले आग्रह गरेको छन् । 
तालीम केन्द्रबाट लोकसेवा अन्र्तगत खरीदार, नासु, अधिकृत तथा बैकिङ सेवा तयारी कक्षा, शिक्षक सेवा अन्र्तगत प्रावि, निमावि, मावि,शिक्षक लाइसेन्स तयारी कक्षा, अंग्रेजी विषयका कक्षाहरु, प्लस टु देखि मास्टर डिग्री सम्मका विभिन्न विषयहरुको टयु्सन कक्षाहरु, प्रस्ताव लेखन, अनुसन्धान अभिबृद्धिका सिप तथा लेखन सिपकला सम्बन्धि कक्षाहरु र कम्पयुटर कक्षाहरु सञ्चालन हुने तालीम केन्द्रका अध्यक्ष तथा भोजपुर बहुमुखी क्याम्पसका नि वर्तमान क्याम्पस प्रमुख निमा शेर्पाले बताएका छन् ।
यसअघि तालीमकेन्द्रमा अध्ययरत धेरै विद्यार्थीले खरीदार, नासुमा  उपल्बधि हासील गरेको तथ्यांक प्रस्तुत गर्दै अध्यक्ष शेर्पाले प्रशिक्षणको रुपमा यसबर्षपनी विज्ञ एंव अनुभवी प्रशिक्षकहरुले प्रशिक्षण गर्ने भएकाले तयारी कक्षामा निरन्तर उपस्थित भएर उपल्बधि हासील गर्न सवै विद्यार्थीहरुलाई आग्रह समेत गरेका छन् । 
 

प्रतिकृया दिनुहोस