भोजपुर खबर

विद्यालयमा ई–हाजिरी, लगबुक र प्रश्न बैक : मेयर आले


भोजपुर । भोजपुर नगरपालीकाका मेयर कैलश कुमार आलेले भोजपुर नगरपालीका भरी रहेका सामुदायीक विद्यालयहरुको शिक्षाको गुणस्तर उकास्न विद्यालयमा ई हाजीरी, लगबुक र प्रश्नबैक तत्काल प्रयोगमा ल्याउने बताएका छन् । जिल्ला युवा संघले आयोजना गरेको सार्वजनीक शिक्षाको सवलीकरण विषयक १ दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर आलेले यस्तो बताएका हुन् । कार्यक्रममा विशेष अतिथि रहेका मेयर आलेले नगरपालीका भरी स्वास्थ्य क्षेत्रमा आमुल परीर्वतन ल्याएकोले अव शिक्षा क्षेत्रमा परीवर्तन ल्याउनका लागी विशेष योजनाका साथ अगाडि बढेको बताएका हुन् । मेयर आलेले शिक्षामा परीवर्तन ल्याउनका लागी प्रत्येक सामुदायीक विद्यालयहरुमा अनुगमन गरी ई हाजीरीको व्यावस्था गर्ने, विषय शिक्षकहरुले कक्षा कोठामा गृह कार्य चेकजाच गरे, नगरेको, दिए, नदिएको परीक्षण गर्नका लागी लगबुक प्रयोगमा ल्याउने, शिक्षक नियुक्तिमा भएको राजनीतिकरणलाई अन्त्य गर्नका लागी शिक्षक नियुक्ति गर्दा प्रश्न बैकबाट परीक्षा लिने र शिक्षक नियुक्तिलाई परदर्शी बनाउने योजना रहेको समेत बताएका छन् ।   
शिक्षा विकास तथा समन्वय इकाई भोजपुरका अनुसार हाल जिल्लामा सामुदायीक र संस्थागत गरी ४ सय १२ वटा विद्यालयहरु पठनपाठन भइरहेको छ । जसमध्ये साल्पासिलिचो, ट्याम्केमैयुम, रामप्रशादराई, हतुवागढि, पौवादुङमा, अरुण र आमचोक गाउँपालीकामा सामुदायीक र सस्थागत ४१ र १,४५ र १, ३४ र १, ३८ र २, ३३ र ३, ३५ र २, ४३ र १ वटा रहेका छन् । त्यस्तै भोजपुर र षडानन्द नगरपालीकामा सामुदायीक र संस्थागत ४५ र १०, ७१ र ६ वटा गरी जिल्लाभरी ४ सय १२ वटा विद्यालयमा पठनपाठन भइरहेको शिक्षा विकास तथा समन्वय इकाईका नासु तोत्र खड्काले जानकारी दिएका छन् । 
त्यस्तै खड्काका अनुसार जिल्लामा प्राविधिक धार अन्र्तगत २ वटा विद्यालय, १ वटा धार्मीक , विशेष प्रकृतिका वालवालिकाहरु अध्यपन हुने १ वटा, श्रोतकक्षा सञ्चालन भएका २ वटा र खुल्ला विद्यालय १ वटा समेत सञ्चालनमा रहेका छन् । सामुदायीक विद्यालयमा शिक्षाको उपलब्धि उत्साहजनक नआएको भन्ने बिषयलाई खण्डन गर्ने क्रममा खड््काले सामुदायीक विद्यालयमा कक्षाकोठाको अभाव हुनु, ६६ वटा सामुदायीक माध्यमीक विद्यालयहरुमध्ये १४ वटा माध्यमीक विद्यालयमा शिक्षकको दरबन्दि नहुनु, २८ वटा विद्यालयमा निमा तहको कुनैपनी दरबन्दि नहुनु, गणित, विज्ञान, अङग्रेजी विषय शिक्षकहरुको अभाव हुनु, विद्यार्थीहरुको उपस्थिती न्युन हुनु, अभिभावकमा सकरात्मक सोचको कमी हुनु साथै सरकारद्धारा प्रशासनलाई दोहोरो निति निर्देशन गर्नु जस्ता कारणले सामुदायीक विद्यालयमा शिक्षाको गुणस्तर कम भएको बताएका छन् । 
कार्यक्रमका बोल्दै जिल्ला समन्वय समिति अध्यक्ष लक्ष्मण खड्काले शिक्षाको गुणस्तर उकास्नका लागी सरकारी कार्यालयमा काम गर्ने कर्मचारी, शिक्षक लगायत सबैले आफना छोराछोरीलाई संस्थागत विद्यालयमा हैन सामुदायीक विद्यालयमा पढाउने हो भने सामुदायीक विद्यालयमा शिक्षाको गुणस्तर माथि उठ्ने बताएका छन् । 
कार्यक्रममा बोल्दै युवा परीषद्का प्रशासकीय प्रमुख नारायण कृष्ण श्रेष्ठले हाल युवा परीषद्ले युवा सीप तथा उद्य्यमशिलता विकास कार्यक्रम, वित्तिय साक्षरता, युवा क्लब तथा युवा संसद स्थापना, र राष्ट्रपती महिला युवा उद्य्म लगायत विभिन्न युवा लक्षित कार्यक्रमहरु सञ्चालन गरीरहेको बताएका छन् । 


 

प्रतिकृया दिनुहोस