भोजपुर खबर

भोजपुरको दुर्गम क्षेत्रमा शिविर, ८ सय १५ जना लाभान्वित


भोजपुर । भोजपुर जिल्लाको दुर्गम क्षेत्र पौवादुङमा गाउँपालीका स्थित बास्तीमको मानेडाडाँमा भएको दुईदिने एकिकृत घुम्ती शिविरबाट ८ सय ९० जना लाभान्वित भएका छन् ।  शिविरमा नेपाली नागरीकता ६४ पुरुष ६३ महिलाले लिएका छन् । शिविरमा स्वास्थ्य परीक्षण सेवा १ सय १० महिला र ६९ जना पुरुषले लिएका छन् भने उद्योगधन्दा दर्ता ३ वटा र व्यावसाय ११ जनालेदर्ता गराएको घरेलु तथा साना उद्योग विकास संस्था भोजपुरका प्रमुख चेतनाथ गौतमले बताएका छन् । 
त्यस्तै फोटोसहितको मतदाता नामावलीमा ६१ महिला ६६ जना पुरुषले नामदर्ता गराएका छन् भने जडिवुडि र योगसम्बन्धि ३७ र ३४ जनालाई तालीम प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रयाश भट्टराईले जानकारी दिएका छन् ।
त्यस्तै शिविरमा कृषि वालीको विषादि ३२ जनालाई प्रदान गर्नुका साथै कृषि सम्बन्धि परार्मश ६० जनालाई प्रदान गरीएको र वनको आगलागी नियन्त्रण सम्बन्धि जनचेतना तथा विभिन्न जातका विरुवा २ सय १५ जनालाई वितरण समेत गरीएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिएका छन् । 
जिल्ला प्रशासन कार्यालय भोजपुरको आयोजना र गाउँपालीकाको वडा नं ४, ५ र ६ को सहयोगमा शिविर सञ्चालन भएकोे हो । 
 

प्रतिकृया दिनुहोस