बिज्ञान/प्रबिधि

इन्टरनेट सेवा जडान भएपछि काम गर्न सहज

भोजपुरको ट्याम्के मैयुङ गाउपालिकामा रहेका कार्यालयहरुमा ईन्टरनेट सेवा जडान भए पछि सेवा प्रवाह गर्न सहज भएको छ । गाउपालिका केन्द्र र वडा कार्यालयहरुमा ईनटरनेट जडान गरिए पछि सेवा प्रवाह गर्न सहज भएको हो ।
गाउपालिकामा रहेका कार्यालयहरुमा ईन्टरनेट जडान भए पछि कम्प्युटर , प्रिन्टर , ल्यापटप लगाएत सामाग्री सञ्चालनमा आएका छन । गाउपालिका केन्द्र र सबै वडाहरुमा ईन्टरनेट सेवा वाट सेवा प्रवाह गर्ने उदेश्यले ईन्टरनेट जडान गरिएको गाउपालिकाले जनाएको छ ।
एक एमविपिएस क्षमताको ईन्टरनेट सेवा जडान भए पछि सुचनाको पहुच पुर्याउन सहज भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्षोतम घिमिरेले बताए । गाउपालिका केन्द्रहरु र वडाहरुमा ईन्टरनेटको व्यावस्था भए संगै त्याहाका जनताले समेत निशुल्क सेवा पाईरहेको उनले बताए ।
गाउपालिकामा अहिले वल्र्डलिङक , सुविसु र नेपाल टेलिकमको एडिएसएल सेवा सञ्चालनमा रहेका छन ।
 

प्रतिकृया दिनुहोस