अर्थ/वाणिज्य

रिलायवलद्धारा सिटिजनमा अभिमुखिकरण 


भोजपुर । रिलायबल नेपाल जिवन विमा कम्पनीले सिटिजन बैक शाखा कार्यालय भोजपुरमा अभिमुखीकरण कार्यक्रम गरेको छ । जिवन विमा कार्यालय भोजपुरका शाखा प्रमुख मनोज खनाल द्धारा बैकमा कार्यरत १२ जना कर्मचारीलाई अभिमुखिकरण गरेका हुन् । रिलायवल नेपाल जिवन विमा कम्पनी सगँ बैकको केन्द्रिय स्तरबाटै सहकार्य भएकोले बैकमा सेवा लिन आउने सेवाग्राहिलाई पनी विमाको बारेमा जानकारी गराई जिल्लामा विमा सेवालाई प्रभावकारी बनाउने उदेश्यले अभिमुखिकरण गरीएको शाखा प्रमुख खनालले बताएका छन् । प्रमुख खनालका अनुसार “दुर्घटना वाजा बजाएर आउदैन, सुरक्षीत भविष्यका लागी जिवन विमा अपरीहार्य हुन्छ साथै विमाले भविष्यमा हुन सक्ने सम्भावीत क्षतीको सुरक्षा र भावी सन्ततीलाई आर्थीक टेवा पुर्याउछ ।”
जिवन विमा कम्पनीको सम्बन्ध बैकसगँ केन्द्रिय स्तरबाटनै भएपनी शाखा कार्यालय भोजपुरमा भने यस विषयमा खासै थाहा नपाएको अवस्थामा अभिमुखिकरणले प्रष्ट पारेको शाखा प्रमुख शिकन्दर ठाकुर ले जनाएका छन् । त्यस्तै सुलब बाल जिवन विमा, सावधिक जिवन विमा, सुलभ जिवन विमा उच्च शिक्षा जिवन विमा भने बैकमा आउने सेवाग्राहिका लागी वढि फलदायी हुने र विमा गर्नका लागी ग्राहक तथा स्थानीय वासीलाई आग्रह गर्ने समेत प्रबन्धक ठाकुरले बताएका छन् ।
बैकमा कार्यरत कर्मचारी सन्तोष लामीछानेले भने विमा वालकको लागी उच्च शिक्षाको खुडकिलो, युवावायुवतीको लागी भविष्य निमार्णको आधार र वृद्धवृद्धाको लागी वुढेसकालको साहरा लठि हुने रहेछ । आफनो जिवन विमा तत्काल गर्छु र अरुलाई पनी जिवन विमा गर्न प्रोत्साहित गर्छु, लामीछानेले भने ।
अभिमुखिकरण कार्यक्रममा रिलायवल नेपाल जिवन विमा कम्पनीले प्रदान गर्ने सेवा, सुविधाको बारेमा जानकारी, सेवाका प्रकारहरु, कम्पनीको एपको वारेमा जानकारी लगायत विभिन्न विषयहरुमा छलफल भएको थियो । 
 

प्रतिकृया दिनुहोस