अर्थ/वाणिज्य

एनआईसीको घरदैलो कार्यक्रम


भोजपुर  । एनआईसी एसीया वैक शाखा कार्यालय भोजपुरले घरदैलो कार्यक्रम गरेको छ । बैकले जिल्लाको षढानन्द नगरपालीकाको केन्द्र दिङ्ला, भोजपुर नगरपालीका वडा नं ४ दावाँ र रामप्रसादराई गाउँपालीकाको केन्द्र बैकुण्ठेमा घरदैलो कार्यक्रम गरेको हो । 
नेपाल राष्टबैकको एक घर एक खाता नितिलाई अंगाल्दै गाउँगाउँमा वित्तिय साक्षरता गर्न बैकले घरदैलो कार्यक्रम आयोजना गरेको भोजपुर शाखा प्रबन्धक चन्दन कटुवालले बताएका छन् ।  
वित्तिय साक्षरता कार्यक्रम आगामी दिनमा जिल्लाको सवै गाउँहरुमा र सम्भव भएसम्म जिल्लाभरीका माध्यमीक विद्यालयहरुमा आयोजना गर्ने उदेश्य रहेको समेत प्रबन्धक कटुवालले जनाए ।
घरदैलो कार्यक्रममा करिब ३ सय जनाले बैकमा एसी खाता खोलेका छन् । 
हाल जिल्लामा नेपाल राष्ट्र बैक, राष्ट्रिय वाणिज्य बैक, मेघा बैक, सेन्चुरी बैक, माछापुच्छ्रे बैक, नेपाल बङगलादेश बैक, एसविआई बैक, लक्ष्मी बैक लगायत १४ वटा भन्दा बढि बैकहरु रहेका छन् । 
 

प्रतिकृया दिनुहोस