भोजपुर खबर

हङकङ वासिद्धारा जाल्पामाविमा अक्षयकोष 


भोजपुर । भोजपुर नगरपालीका वडा नं १० भैषिपंखामा रहेको जाल्पा माध्यमीक विद्यालयमा २ लाख २५ हजार बराबरको ‘जाल्पामावी’ अक्षयकोष स्थापना गरीएको छ । संस्कृतीविद डा भक्त ब राई र वालरोग विशेषज्ञ डा गणेस राईको पहलमा हङकङ निवासी दाजुभाई तथा दिदिवहिनीबाट संकलन गरेको रकम विद्यालयको ४८ औँ वार्षिक उत्सवको अवशरमा कोष स्थापना गरी रकम हस्तान्तरण गरेको हो । विद्यार्थीहरुलाई पढाईमा हैषला प्रदान गर्न स्थापना गरीएको अक्षयकोष  २ लाख २५ हजारबाट पाच लाख सम्म पुयाउने डा भक्त बहादुर राईले बताएका छन् । अक्षयकोषमा जम्मा रकमको व्याजबाट विद्यालयमा अध्यनरत जेहेन्दार २ जना दलित १ जना र गरीव १ जनालाई गरी चार विधामा विद्यालयको वार्षिक उत्सवको अवशरमा छात्रवृति प्रदान गर्ने समेत डा राईले बताएका छन् ।
अक्षयकोष स्थापना कार्यक्रममा वोल्दै वडाअध्यक्ष सुविन राईले विद्यालयमा भएका समस्याहरुलाई वडाले सम्बोधन गर्ने बताएका छन् । प्रायजसो गाउँघरमा आर्थीक समस्याभएर विद्यालयको ठोका सम्म वालवालीका आउन नसक्ने जनाउदै अक्षयकोषले तिनिहरुलाई विद्यालय सम्म आउन विशेष सहयोग मिल्ने वडा सदस्य देउप्रकास राईले उल्लेख गरेका छन् । नगरपालीका कार्यसमिति सदस्य एंव वडा सदस्य रामकुमारी श्रेष्ठले भविष्यका कर्णधार विद्यार्थीहरुलाई विद्यालयले सहि मार्ग निदेर्श गर्ने बताउदै यदि विद्यालयमा कुनै समस्या भएमा वडा साथै नगरपालीकामा जानकारी गराउन आग्रह गरेकी छिन् । 
त्यस्तै विद्यालयका प्रधानध्यापक बम ब कार्कीले विद्यालयमा अक्षयकोष स्थापना भएकोप्रति विद्यालय परिवार खुशि भएको तर विद्यालयमा पठनपाठन गराउनका लागी शिक्षकको तलबभत्ता खुवाउन नसकेर शिक्षक राख्न नसक्ने समस्या भएको र यसका लागी सवै पक्षले ध्यान दिनुपर्ने बताएका छन् । 
अक्षयकोषलाई परिचालन गर्नका लागी एनआईसी बैकको शाखा कार्यालयमा विव्यास अध्यक्ष कृपाराम राई, प्रधानध्यापक बम ब कार्की र वडाबाट निर्वाचीत सदस्य देउप्रकास राईको नाममा खाता खोल्ने निर्णय समेत भएको छ ।
 

प्रतिकृया दिनुहोस