भोजपुर खबर

हेलौछा पहिलो उज्यालो वडा घोषणा


भोजपुर । भोजपुर नगरपालीका वडा नं १ हेलौछा भोजपुर नगरपालीका मध्ये पहिलो उज्यालो वडा घोषणा भएको छ । जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन किरातीको प्रमुख आतिथ्यता तथा नगरपालीका मेयर कैलाश कुमार आलेको विशेष आतिथ्यतामा व्यानर पढि, वत्ति वालेर उज्यालो वडा घोषणा गरीएको हो । सिंहदेवी मन्दिर प्राङगणमा अर्ना वालाचतुर्दशी मेलाको अवशर पारेर उज्यालो वडा घोषणा गरीएको हो । 
उज्यालो वडा नेपाल विद्युत वितरण केन्द्र भोजपुरको प्राविधिक सहयोग र वडाको पहलमा सावीक ६, ७, ८,र ९ वडाहरुको सवै घरहरुमा वत्ति पुगेकोले उज्यालो वडा घोषणा गरीएको वडा अध्यक्ष विष्णु कुमार भुजेलले बताएका छन् ।  वडाको सवै क्षेत्रमा विजुली वाल्नका लागी वडाले १  लाखमा ४ सय थान  ईन्सुलेटर खरीद गरेको र अन्य सहयोग भने विद्युत वितरण केन्द्र भोजपुरले सहयोग गरेको वडा सचिव  दिपक कुमार पराजुली वताएका छन् ।
प्रमुख जिल्ला अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं १ मात्र नभएर समग्र नगरपालीका भरीका वडाहरुलाई उज्यालो वनाउनुपर्ने बताएकी छिन् । विजुली वत्तिबाट वडाका ३ सय घर प्रभावीत भएका छन् । 
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भोजपुरका प्रमुख रामअसाई साहले जिल्लालाईनै उज्यालो वनाउने अभियानमा वितरण केन्द्र लागी परेको र आफनो कार्यकालमानै जिल्लाभर विद्युत वाल्ले प्रतिवद्धका जनाएका छन् । 
त्यस्तै उद्योग वाणिज्य संघ भोजपुरका उपाअध्यक्ष कर्ण ब मोक्तानले विद्युतसगँ सम्बन्धित उपकरणको प्रयोग गरेर वडामा भएका विभिन्न कच्चा पदार्थलाई उद्योगधन्दा स्थापना गरी प्रशोधन गरेर वडालाई आर्थिक रुपमा सम्पन्न हुने बताएका छन् ।
वडा नं १ हेलौछाका वडा अध्यक्ष विष्णु कुमार भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुर नगरपालीकाकी उपमेयर ममिता राई, प्रमुख जिला अधिकारी हिरादेवी पौडेल, भोजपुर नगरपालीकाको वडानं २, ३, ४, ५, ६, ७, ८, ९, १० वडा अध्यक्षहरु, पौवादुम्मा गाउँपालीका वढा नं ६ र ४ का वडा अध्यक्ष, डिएसपी केशव कुमार थेवे, उद्योग वाणिज्य संघका उपाअध्यक्ष कर्ण बहादुर मोक्तान लगायत स्थानीयको उपस्थिती रहेको थियो ।  
 

प्रतिकृया दिनुहोस