भोजपुर खबर

सवारी साधन चालकलाई प्रशिक्षण 


भोजपुर, । सवारी दुर्घटना न्युनीकरण गर्न अस्थाई जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले मोटरसाईकल लगायत सवारीसाधन चालकहरुलाई ट्राफिक चिन्ह र नियमको बारेमा प्रशिक्षण कार्यक्रम गरेको छ । अस्थाई जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरको आयोजनामा मंसिर १६ गते भोजपुर नगरपालीका ६ देउराली चोक छेउ दावाँ जाने सडकमा कार्यक्रम गरीएको जिल्ला ट्राफिक कार्यालय भोजपुरका प्रसनि प्रेम कुमार शाहले जानकारी दिएका छन ।
स्थानीय र मोटरसाईकल चालकहरुलाई ट्राफिक लाइट, ट्राफिक नियम, ओभरटेक, हेलमेटको प्रयोग साथै मादक पर्दाथ सेवन गरी सवारीसाधन चलाउदा हुन सक्ने दुर्घटनाबारे सचेत गराउन प्रशिक्षण आयोजना गरेको शाहले बताए ।  विशेषगरी सडकमा यात्रा गर्दा दाहिने पट्टिबाट मात्र हिड्नु पर्ने, वाटो काट्दा चारैतीर राम्रो सगँ हेरेर मात्र बाटो काट्ने, सवारी चलाउदा आफनो सवारी साधनको अवस्था बुझेरमात्र कुदाउने, घुम्तीमा र ओभर टेक गर्दा साईड लाइटको प्रयोग गर्ने साथै दुर्घटना ग्रस्त क्षेत्रमा सवारी साधनहरु विस्तारै कुदाउने लगायत विभिन्न ट्राफिक चिन्ह र नियमको वारेमा जानकारी गराईएको छ । 

प्रतिकृया दिनुहोस