भोजपुर खबर

भ्रष्टचार नियन्त्रणमा आयोगको भुमीका विषयक अन्र्तक्रिया


भोजपुर,  । भोजपुरमा भ्रष्टचार नियन्त्रणमा आयोगको भुमीका विषयक एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको आयोजनामा भएको कार्यक्रममा जिल्लाभरीका ९ वटा स्थानीय तहका ८१ जना वडा अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रममा वोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका उप सचिव तथा प्रवत्ता रामेश्वर दंगालले आफनो वडामा कुनै किसीमका भ्रष्टचार नर्गन र भएको शंका भएमा तत्काल अख्तियार कार्यालयमा खबर गर्न आग्रह गरेका छन् ।  
त्यस्तै गाउँघरको विकासका लागी वडा अध्यक्षले महत्वपुर्ण भुमीका निर्वाह गर्नुपर्ने भएकाले वजेट विनियोजन गर्दा अथवा आयोजना कार्यान्वयन गर्दा कर्मचारी लगायत कसैले भ्रष्टचार गरेको थाहा पाएमा तत्काल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा खबर गर्न इटहरी आयोग प्रमुख महेष आर्चायले अनुरोध गरेका छन् ।
कार्यक्रममा विभिन्न गाउँपालीका तथा नगरपालीकाको वडाअध्यक्षहरुले आफनो वडामा भएका समस्या तथा वस्तुस्थीती समेत बताएका थिए । 
 

प्रतिकृया दिनुहोस