भोजपुर खबर

विराटनगर आखाँ उपचार टोली भोजपुरमा


भोजपुर । निःशुल्क आखाँ अप्रेसन शिविरमा प्राविधिक सहयोग गर्न विराटनगरबाट ८ जनाको टोली भोजपुर नगरपालीका वडा नं १२ टक्सारमा आएको छ ।  नेपाल नेत्र ज्योती संघ भोजपुर र आखाँ तथा कान उपचार केन्द्र भोजपुरको सयुक्त आयोजनामा शिविर सञ्चालन भईरहेको छ ।  शिविरबाट पहिलो दिन ३ सय ५० जना र दोश्रो दिन २ सय २० जना विरामीले सेवा लिएको आखाँ उपचार केन्द्र भोजपुरका कार्यालय प्रमुख विजय तामाङले बताएका छन् । शिविरमा उपचार गर्न आउने विरामीहरुमा मोतिविन्दु, आखा कमजोरी, आखा पाकेको, आखाँमा मासु पलाएको लगायत सामान्य विरामीहरु उपचार गर्न आउने गरेको प्रमुख तामाङ जनाएका छन् । 
शिविरमा आखाँ सम्बन्धि भएका सवै समस्याहरुको उपचार भईरहेको छ । मंसिर १३ गते बाट सुरु भएको शिविर मंसिर १५ गते ३ वजे सम्म सञ्चालन हुने आयोजकले जनाइको छ । 
 

प्रतिकृया दिनुहोस