भोजपुर खबर

आगो नियन्त्रणको डेमो प्रदर्शन

भोजपुर । भोजपुर जिल्लाको सदरमुकाम स्थित टुडिखेलमा आगो नियन्त्रणका उपाएहरु र आगो निभाउने उपकरणको प्रयोग सम्बन्धि डेमो वनाएर प्रदर्शन गरीएको छ । जिल्ला विपद् व्यावस्थापन समीतीको वैठकले पारीत गरेको कार्यक्रम अनुसार रणबम गण भोजपुरले आगो नियन्त्रण सम्बन्धि डेमो प्रदर्शनी गरेको हो । जिल्लामा आगलागीका घटनाहरु बढेको साथै सुख्खा मौषम सुरु भएसगै वन डढेले र आगलागीका घटनाहरु वढि हुने भएकाले आगो नियन्त्रण सम्बन्धि डेमो मार्फत जनचेतनामुलक कार्यक्रम गरीएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले बताएका छन् । त्यस्तै पक्कि घर, भवन, अस्पताल, वैंक लगायत सार्वजनीक क्षेत्रहरुमा फाएर नियन्त्रण उपकरण भएपनी त्यसको प्रयोग गर्न सवैलाई जानकारी नभएको र तत्काल कुनै क्षेत्रमा आगलागी भएमा कसरी आगो नियन्त्रण गर्न सकिन्छ भन्ने वारेमा थाहा नभएकोले प्रयोगात्मक रुपमा स्थानीयलाई जानकारी दिइएको रणबम गण भोजपुरका मेजर नेत्र कुवँर मगरले बताएका छन् । जनचेतनामुुलक कार्यक्रममा स्थानीय सदरमुकामवासी, वैकका प्रमुख तथा प्रतिनिधि, होटल व्यावसायी, उद्योगी, व्यापारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस