भोजपुर खबर

सामुदायीक मेलमिलाप सम्बन्धि आधारभुत तालीम  


भोजपुर । भोजपुर जिल्लाको आमचोक गाउँपालीकामा सामुदायीक मेलमिलाप सम्बन्धि आधारभुत तालीम  सुरु भएको छ । प्राकृतीक श्रोत दन्द्ध रुपान्तरण केन्द्र भोजपुरको आयोजना र गाउँपालीकाको प्रायोजनमा सुरु भएको तालीम मंसिर २० गते सम्म सञ्चालन हुने राजन राईले जानकारी दिएका छन् ।
प्राकृतीक श्रोत, साधन सम्बन्धि मुद्धाहरु गाउँघरमै सम्झदारीको आधारमा मिलाउन अथवा सामान्य मुद्धाहरुलाई गाउँमानै दुई पक्ष विच छलफल गरी  मिलाउने क्षमता अभिवृदि गरी मेलमिलापकर्ता उत्पादन गर्ने उदेश्यले तालीम आयोजना गरीएको समेत राईले जानकारी दिएका छन् । 
तालीममा आमचोक गाउँपालीकाको प्रत्येक वडाबाट तिनतिन जनाको दरले १० वटा वडा बाट ३० जनाको सहभागीता रहेको छ । तालीमको प्रशिक्षण दिपकराज भट्ट र अधिबत्ता भिम ब जिशिले  गरीरहरेका छन् । 
 

प्रतिकृया दिनुहोस