भोजपुर खबर

प्रदेश मुख्यसचिव न्यौपाने कारागारमा


गोकुल भुजेल
भोजपुर, ९ मंसिर । प्रदेश नं १ का मुख्य सचिव केदार प्रसाद न्यौपाने भवन निरीक्षण गर्न भोजपुर जिल्ला कारागार आईपुगेका छन । मंसिर ९ गते विहान न्यौपानेले महिला र पुरुष दुवै कारागार भवन निरीक्षण गरेका हुन् । 
हाल कारागार भवन जिर्ण बन्दा कैदि वस्न समेत समस्या भएको छ । गत २०७२ सालको भुकम्प आएपछि भवन जिर्ण बनेको हो  । भवनको चारैतीर भत्केर सवै कोठामा बस्न समेत नमिल्ने भएको छ, अझ भवनको पछिल्लोतिर गाह्रो पुरै भ्वाङ परेकोे छ । “हामिले लिखित तथा मौखिक रुपमा सरोकारवाला सवैलाई भनिसकेका छौँ, खै कहिले बन्छ ?” जेलर खगेन्द्र अधिकारीले भने ।
त्यस्तै कारागारमा कैदिहरुको संख्या भवनको क्षमता भन्दा वढि रहेको छ । कारागारको कैदि क्षमता ३० जना पुरुष र १० जना महिला गरी ४०  जना राख्न मिल्छ तर हाल कारागारमा ९८ जना पुरुष र १० जना महिला गरी १ सय ६ जना कैदि रहेको जेलर अधिकारीले बताएका छन् । 
हाल जिर्ण भवनलाई तारजाली लगाई मर्मत गरेर कैदिवन्दि राखिएको छ । भवनको निरीक्षण पश्चात मुख्य सचिव न्यौपानेले पर्वाधार विकास कार्यालयलाई भनेर तत्काल भवनको भ्वाङ टाल्ने र वनाउन सुरु गरीएको नया भवनमा केहि वर्ष भित्रमा कैदिलाई सार्ने बताएका छन् । 
 

प्रतिकृया दिनुहोस