अन्तराष्ट्रिय

तरुणदल र नेविको आयोजनामा देउसीभैलो


भोजपुर । अरुण गाउँपालीकामा गाउँपालीका स्तरीय देउसी भैलो कार्यक्रम भईरहेको छ । नेपाली काङग्रेसको भातृ संगठन तरुण दल र नेवी संघको सयुक्त आयोजनामा गाउँपालीका स्तरीय देउसी भैलो कार्यक्रम जारी रहेको देउसीमा संलग्न वीपी अध्ययन प्रतिष्ठान भोजपुरका जिल्ला अध्यक्ष कर्ण मगरले जानकारी दिए । देउसी भैलो कार्यक्रम चरम्बी, र्याङ, प्याउली र याकुमा खेली सकिएको छ भने बाकी रहेको स्थानहरुमा कात्तिक २६ गते याङपाङ, चम्पे, कात्तिक २७ गते पालपाले, फेदि वजार र कात्तिक २८ गते सिक्रेटार र डाडाँटोलमा खेल्ने योजना रहेको तरुणदल अरुण गाउँपालीका अध्यक्ष ललीत कुमार राईले जानकारी दिए । कार्यक्रममा नेपाली काङग्रेसका गाउँपालीका सभापती, सवै वडाका वडा सभापती, वुद्धिजीवी, भातृ संघसंगठनका प्रतिनिधि लगायतको उपस्थिती रहेको नेपाल विद्यार्थी संघ अरुण गाउँपालीका सभापती भद्रमान भुजेलले जानकारी दिए । देउसी भैलो कार्यक्रम बाट संकलन भएको रकमले जरायोटार मावी र सीक्रेटार आधारभुत विद्यालयमा पंखा र शैक्षिक सामग्री वितरण गरीने नेपाली काङग्रेस अरुण गाउँपालीकाका कार्यवहाक अध्यक्ष श्रीकुमार राईले जानकारी दिए । 

प्रतिकृया दिनुहोस