भोजपुर खबर

 व्रहमाकुमारीको देउसी काग तिहारबाट


भोजपुर । नेपालीहरुको महान चाड तिहारमा गाउँ सहर जताततै  देउसी भैलो खेल्नेको लाम लस्कार लागेको हुन्छ । वर्षभरीमा एक पटकआउने तिहार पर्वमा हर्ष उल्लासका साथ दिदिभाई, काकाकाकी, आफन्त, छरछिमेक एक भएर समुहमा (भनभन भाईहो देउसीरे) भन्दै देउसी खेल्ने प्रचलन छ । हाम्रो नेपाली समाजमा हिन्दु पराम्परा अनुसार देउसी भैलो कार्यक्रम  लक्ष्मी पुुजाको दिनबाट सुरु गरीने भएपनी व्रहमाकुमारी राजयोग सेवा केन्द्रमा भने काग तिहार देखिनै देउसी सुरु भयो भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । पत्यार नलाग्ने कुरा भएपनी व्रहमाकुमारी राजयोग सेवा केन्द्र भोजपुरले भने काग तिहारकै दिन देखि देउसी खेल्न सुरु गरेको छ । 
यस विषयमा केन्द्रका मुख्य सेवाधारी हरिकृष्ण दाहालले भने “बाबाले दिएको ज्ञानलाई समाजमा पुयाउनका लागी पर्याप्त समय तिन दिन अपुग भएकाले, सवै सेवा केन्द्रमा देउसी भैलो खेल्नका लागी काग तिहारबाटनै सुरु भयो जसले समाजमा भातृत्व,माया सदभाव स्थापना गर्दछ ।” केन्द्रकी प्रशिक्षक चादनीले भन्नुभयो “हामीले पुजेको लक्ष्मी कुनै मुर्ती, फोटो नभएर वास्तवीक मानीस हो, उनलाई लक्ष्मीको रुप धारण गराएर पुजा गर्यो । हामीले समाजको पराम्परा विगारेको छैन्उ, समय थेरै छ, सवै शाखामा पुगेर देउसी खेल्नलाई काग तिहार देखिनै सुरु गरेको हो ।” 
यसरी काग तिहारकै दिन देखि देउसी खेल्दा हाम्रो कला संस्कृतीमा आधुनीकता सगै परिर्वतन सुरु भएकोे आभाष हुन्छ तर केन्द्रले भने यसलाई खासै नया रुप भएको मानेको छैन । काग तिहारकै दिनदेखि देउसी खेल्दा लक्ष्मी पुजाको महत्व पो घटने होकी साथै  भैली र देउसीको महत्व पनी कम हुने देखिन्छ ।

प्रतिकृया दिनुहोस