राष्ट्रिय

तिहारको तेश्रो दिन लक्ष्मी पुजा, आजैवाट देउसी भैलो सुरु


भोजपुर, २१ कात्तिक । हिन्दु धर्मालम्बीहरुको महान चाड तिहारको तेश्रो दिन अन्तर्गत आज लक्ष्मी पुजा ।  लक्ष्मी पुजाको दिन घरघरमा गाइको गोवर र रातो माटोले पोतेर चामलको पिठो र अविरले लक्ष्मिको पैताला बनाई केराको सुत्ला वा माटोको दियोमा वत्ति वाल्ने गरिन्छ । आज साझमा वत्ति वाली सकेपछि गरगहना, धान , चामल पैसा, फलफुल, रोटि र फुलमाला चठाई लक्ष्मीको मुत्र्ती वा फोटोमा पुजा गर्ने चलन छ  । सत्ययुगमा वली राजाले तिन पाउँ भुमी माग्दा दानवराज बलीले भगवानलाई सन्तुष्ट पारेको भन्दै आज बली राजाको पनी पुजा गर्ने चलन छ । हिन्दुधर्ममा गाईलाई लक्ष्मी अथवा माताको प्रतिकको रुपमा पुजा गर्ने गरीन्छ । 
त्यस्तै आजैदेखि गाउँघरमा विभिन्न साना तथा ठुला समुहहरु बनाई घर तथा चोकमा देउसी भैलो खेल्ने गरीन्छ ।
उता, जिल्ला प्रहरी कार्यालय भोजपुरले  तिहार र छठलाई मध्यनर गर्दै चाड पर्वको समयमा हुन सक्ने सम्भावीत घटनालाई न्युनीकरण गर्न सुरक्षा व्यावस्था कडा पारेको छ । चाडपर्वमा अनावश्यक सुनका गरगहना नलगाउन, जाड रक्सी सेवन गरि होहल्ला नगर्न, पटका नपड्काउन, राती ९ वजे सम्ममात्र देउसी भैलो खेल्न जिल्लावासी सवैलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले आग्रह गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जनाएका छन  ।

प्रतिकृया दिनुहोस