राष्ट्रिय

भोजपुरमा सुरक्षा व्यवास्था कडा, देउसी भैलो कार्यक्रम राती ९ बजेसम्म मात्र


भोजपुर, २० कात्तिक । नेपालीहरुको महान चाडँ तिहार र छठलाई मध्यनर गर्दै जिल्ला प्रहरी कार्यालय भोजपुरले सुरक्षा व्यवास्था कडा पारेको छ । चाड पर्वको समयमा हुन सक्ने घटनालाई मध्य नजर गर्दै सुरक्षा व्यावस्था कडा पारेका हो । प्रदेश प्रहरी कार्यालयको निर्देशन अनुसार सुरक्षा व्यावस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए  । 
 चाड पर्वको अवसरमा आर्थिक कारोबार बढी हुने बैक तथा वित्तिय संस्थाहरुमा भने अन्य क्षेत्रको भन्दा सुरक्षा निगरानी अझ बढाइएको समेत कार्कीले  बताए । त्यससगै चाडपर्वमा असुरक्षा वढि हुने भएकाले अनावश्यक सुनका गरगहना नलगाउन पनि सर्वसाधरणलाई प्रहरीले आग्रह गरिएको छ । प्रहरी कार्यालयले तिहारको समयमा जाड रक्सी सेवन गरि होहल्ला गर्ने, पटका पड्काउने जो कोहीलाई कारबाही गर्ने उल्लेख गर्दै देउसी भैलो कार्यक्रम राती ९ बजे सम्म मात्र गर्न जिल्लावासी सवैलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस