भोजपुर खबर

रूद्राक्ष चोरीका आरोपीत गुरुङ तिन लाख धरौटिपछि तारीकमा

भोजपुर, २० कात्तिक । भोजपुर जिल्लाको षडानन्द नगरपालिका–२ कुदाककाउलेको ताबुमा करिब सवा दुई करोड मूल्यको रूद्राक्ष चोरीका आरोपीत स्थानीय प्रकाश गुरुङलाई ३ लाख धरौटिपछि तारीकमा छोडिएको छ । रुदाक्ष हेरालुले दिएको वयानका आधारमा गुरुङलाई पक्राउ गरेको र दोषि ठहर नहुन्जेल सम्मका लागी गुरुङलाई धरौटिमा छोडिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए ।  वयानका क्रममा गुरुङले भने आफुले रुद्राक्ष चोरी नगरेको बताएका छन ।  
चोरी असोज २६ गते शुक्रबार बिहान करिब ५ बजे ७,८ जनाको हतियारधारी अज्ञात समूहले स्थानीय हिमाल तामाङ र वीरबल राईले साझेदारीमा लगाएको करिब २ करोड १५ लाख मूल्य बराबरको रूद्राक्ष चोरी गरेर भागेका थिए ।
लुटेरा समूहले बगैंचामा रहेका चार जना हेरालुलाई समेत कुटपिट गरी हाँगा काटेर एवं भाँचेर रूद्राक्ष लुटेर लगेको बगानका हेरालु साल्पासिलिछो गाउँपालिका दोभानेका ओमकार थुलुङले बताएका थिए ।
अज्ञात समूहले प्रतिगोटा एक लाख रूपैयाँ पर्ने बगानको सबैभन्दा राम्रो मुखादार र फलेको रूद्राक्ष लुटेर लगेको हेरालु बसेका षडानन्द नगरपालिका–६ केउरेनीपानीका कुबेर राईको भनाई छ ।
स्थानीय वीरवल राई र तामाङले करिब ३ सय रोपनी जग्गामा लगाएको रूद्राक्षमध्ये सबैभन्दा बढी फलेको र राम्रो बोटको सबै रूद्राक्षका दाना चोरी भएको राईले जाहेरीमा उल्लेख गरेका  छन् ।
‘वीरबल राई नगरपालिकाको कामले सदरमुकाम आएको र हिमाल तामाङ गाउँबाहिर भएका बेला चोरी भएको थियो’ । ‘लुटिएको बोटमा फलेको रूद्राक्षको हालको बजार मूल्य प्रतिगोटा एक लाख रूपैयाँसम्म पर्छ ।’ भनी मेयर विरवल राईले जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिएका थिए । 

प्रतिकृया दिनुहोस