राष्ट्रिय

अन्नपुर्ण वजार अनुगमन


भोजपुर, १९ कात्तिक । टयाम्केमयु गाउँपालीकाको केन्द्र अन्नपुर्ण वजारमा बजार अनुगमन गरीएको छ । प्रमुख जिल्ला अधिकारी हिरा देवी पौडेलको नेतृत्वमा गाउँपालीका प्रमुख, सहायक प्रजिअ  लगायतकोे टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद गुज्रीएका खाद्य सामग्रीहरु विस्कुट, चाउँचाउँ, फु्रटि, कोक लगायत रहेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने जानकारी दिए ।     बजार क्षेत्रबाट करिब २० हजार बराबरको म्याद गुज्रीएका खाद्य सामग्री नष्ट गरीएको छ । तिहार र छठको अवशरमा हुने सक्ने सम्भावीत मुल्यवृद्धिलाई  नियन्त्रण गर्न वजार अनुगमन गरीएको समेत सहायक प्रजिअ न्यौपानेले बताए । 
 

प्रतिकृया दिनुहोस