राष्ट्रिय

मोनी ताम्लीङले “एक्लै छोडे तिमीलाई” भनेपछी भिडीयो सार्बजानिक


प्रकाश पाक्साँवा
तेह्रथुम ५ कार्तिक  . गायक मनी ताम्लिङको स्वरमा रहेको “एक्लै छोडे तिमीलाई” गितको म्युजिक भिडीयो सार्वजनिक भएको छ । रुबेन पुनको शब्द रहेको गितमा गायक ताम्लीङले आफै संगित भरेका छन् ।
मुटुमा सजाएकी मायालु सँगै बिछोडीदाको पिडालाई गितको माध्यमबाट भावहरु व्यक्त गरीएको छ । मायालुलाई “एक्लै छोडे तिमीलाई” भनी रहँदा मायालुको मन कस्तो हुन्छ उक्त भाव भिडियो मार्फत उतारिएको छ । ओपेरा ईन्टरटेनमेन्ट नेपालले निर्देशन गरेको भिडीयोमा ताम्लीङ र करुना राईले फिचरीङ गरेका छन् भने अनिल जिरीले छायाँकन गरेका हुन् । ओपेरा ईन्टरटेनमेन्ट नेपाल मार्फत आफ््नो युट्युव च्यानल माफर्त भिडीयो सार्वजनिक भएको छ ।

प्रतिकृया दिनुहोस