राष्ट्रिय

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो : २,३२२ जना माग


विराटनगर । सशस्त्र प्रहरी बल, नेपालमा साधारण समुह र साधरण उपसमुह तर्फ सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, सशस्त्र प्रहरी जवान, सशस्त्र प्रहरी परिचरमा एकमुष्ट भर्ना खुलेको छ । जस अनुसार सशस्त्र प्रहरी निरीक्षक ४३ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक २ सय ३९ जना, सशस्त्र प्रहरी जवान १ हजार ९ सय ३६, सशस्त्र प्रहरी परिचरमा १ सय ४ जनाको माग भएको छ । सशस्त्र प्रहरी निरीक्षकका लागी उमेर हद २१ वर्ष, सशस्त्र प्रहरी सहायक निरीक्षक, सशस्त्र प्रहरी जवान, सशस्त्र प्रहरी परिचरमा भने १८ वर्ष माथी उमेर हद तोकीएको छ  । 
त्यस्तै सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षकको फारामभने कार्तीक १८ गते सम्म भरीसक्नु पर्नेछ, सशस्त्र प्रहरी जवान, सशस्त्र प्रहरी परिचरले भने असोज २८ गते सम्ममा फाराम भरी कार्यालयमा वुझाई सक्नु पर्नेछ । प्रदेश नं १ अर्थात पुर्वाअञ्चलबाट फाराम भर्न चाहनेले सशस्त्र प्रहरी बल नेपाल मुख्यालय १ नम्बर बाहिनी, पकली सुनसरीबाट फाराम भर्न सकिने छ ।  भर्ना सम्बन्धि विस्तृत जानकारीको लागी सशस्त्र प्रहरी बल, नेपालको अफिसीयल वेभसाईट www.apf.gov.np मा समेत हेर्न सकिने श्रोतले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस