राष्ट्रिय

भोजपुरमा मंगलबारबाट नयाँ नोट सटहि


भोजपुर २३ असोज । राष्ट्रिय वाणिज्य बैक शाखा कार्यालय भोजपुरले मंगलबार बाट खुद्रा पैसा सटहि गरेकोे छ । नेपालीहरुको महान चाड दशैमा चानचुने पैसाको कारोबार वढि हुने भएकाले बैकले खुद्रा सटहि गरेकोे शाखा प्रबन्धक रविन कुमार श्रेष्ठले जानकारी दिए  । 
प्रबन्धक श्रेष्ठले भने “ पैसा सटहि गर्दा बैकले एक जनालाई १८ हजार ५ सयको खुद्रा सटहि गर्नेछ, पैसा साट्न आउनेले १ मिनेट भित्रमा पैसा साटि सक्नेछन ।” हाल बैकमा कर्मचारी व्यावस्थापन, क्यु म्यानेजमेन्ट सिस्टम, एटिएम साथै भवनको अवस्था राम्रो भएकाले सेवा प्रवाह गर्न सहज भएको प्रबन्धक श्रेष्ठले बताए । 
यसअघि स्थानीय तहको निर्वाचन भएपछि सरकारले सवै स्थानीय तहमा बैकहरुको पहुच पुर्याएको छ । तर, वाणिज्य बैकमा अपेक्षित रुपमा सेवाग्राहिको चाप भने नघटेको प्रबन्धक श्रेष्ठ बताउछन् ।  
त्यस्तै बैकले जिल्लामा कृषि, व्यापार, कर्मचारी कर्जा, पशुपाल लगायत क्षेत्रका क्रण प्रदान गर्दै आएको छ । जसमा बैकले सवैभन्दा वढि कृषि क्षेत्रमा २० करोड लगानी गरेको प्रबन्धक श्रेष्ठले जानकारी दिए । बैकमा हाल दैनीक करिब ३ करोड देखि ४ करोड सम्मको आर्थीक कारोबार हुने गरेको छ । 

प्रतिकृया दिनुहोस