भोजपुर खबर

भोजपुरमा यात्रु सहायता कक्ष सञ्चालन


भोजपुर २३ असोज । दशैँको अवशरमा यात्रुहरुको भिडभाडलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय भोजपुरले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । जिल्लाको सदरमुकाम स्थित देउराली चोकमा यात्रु सहायता कक्ष सञ्चालन गरीएको हो । चाडँपर्वको वेला सवारी साधनमा यात्रा गर्दा यात्रुहरुलाई पर्ने समस्याहरुको गुनासो सुनी समस्या समाधनका लागी प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेको हो । सहायता कक्षबाट यात्रुहरुको सामान गाडिमै छुटेमा, सामान फेरबदल भएमा, कन्टेकटरले वढि भाडा लीएमा, यात्राको क्रममा कसैले र्दुव्यावहार गरेमा सहायता कक्षको सहयोग लिन सकीने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशब कुमार थेवेले जानकारी दिए । चाडपर्वमा हुने र्दुव्यावहारलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरीको ड्युटि थप, ग्रामीण गस्ती, नियमीत सवारी साधनमा चोकजाच लगायतलाई थप प्रभावकारी बनाएको समेत प्रमुख थेवेले बताए । 
त्यस्तै जिल्लामा सञ्चालीत सार्वजनीक सवारी साधनका चालकहरुले मंगलबारबाट अनिर्वाय रुपमा जुत्ता लगाउनुपर्ने भएको छ । चप्ल लगाएर सवारी साधन चलाउदा वढि दुर्घटना भएको भन्दै अनिर्वाय रुपमा जुत्ता लगाउनु पर्ने भएको हो । त्यससगैँ सार्वजनीक सवारी साधनमा  स्टीकर, नम्बर प्लेट, साईड लाईट, २ वटामात्र र्हन राख्नुपर्ने भएको छ । यदि कसैले अटेर गरेमा २ हजार देखि ५ हजार सम्म जरीवाना हुने जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस